FLASH NEWS
  • Loading...

लगातारको झरीपछि पहिरोले म्याग्दीका सडक अवरुद्ध

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४२४ पटक पढिएको
लगातारको झरीपछि पहिरोले म्याग्दीका सडक अवरुद्ध

मंगलवार साँझदेखीको लगातारको बर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सढकमा यातायात अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडक अन्र्तगत रघुगंगा गाउँपालिकाको चमेरे, बैसरी र अन्नपूर्ण गापा, ३ दानाको गुईठे र रुप्से झरना नजिक पहिरो झरेपछि यातायात अवरुद्ध छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ को बाङ्गेपहिरोमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
यी बाहेक पनि जिल्लाका सवै ग्रामिण सडकहरु पनि स–साना पहिरोले अवरुद्ध भएका छन ।
‘लगातारको बर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन’ जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीलेले भने, ‘ग्रामिण भेगका सडकमा पहिरोले धेरै स–साना अवरोध छन । ठूला वाढीपहिरो र विपतको खवर छैन ।’