FLASH NEWS
  • Loading...

निलगिरी फेदीमा स्काभेटर दुर्घटना, क्षतिकाे विवरण अाउन बाँकी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३४४ पटक पढिएको
निलगिरी फेदीमा स्काभेटर दुर्घटना, क्षतिकाे विवरण अाउन बाँकी

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गमा निर्माणाधिन ६२ मेगावाट क्षमताको निलगिरी जलविधुत आयोजनाकाे एउटा स्काभेटर र चालक निलगिरी खाेलामा खसेकाे छ । दुर्घटनामा के कति क्षति भएकाे छ विवरण अाउन बाँकी रहेकाे अन्नपुर्ण गापा, ४ का वडाध्यक्ष लाेबहादुर फगामीले बताए ।

दुर्घटनाकाे विवरण लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामासहित प्रहरी टाेली घट्टास्थल तर्फ लागेकाे छ ।

घट्नाकाे विवरणा लिन अायाेजनाका प्रतिनिधीसँग सम्पर्क गर्न खाेज्दा टेलिफाेन/माेवाइलमा सम्पर्क हुन सकेकाे छैन । निलगिरी जलविधुत आयोजनामा बारम्बार दुर्घटना हुने र मजदुरकाे मृत्यु हुने गरेकाे छ ।
अन्नपूर्ण र निलगिरी हिमालको वेश क्याम्प मार्गमा ६२ मेगावाट क्षमताको निलगिरी क्यास्केट र छुट्टै ३८ मेगावाट क्षमताको निलगिरी दोस्रो जलविधुत आयोजना निर्माण गर्न प्रवेश मार्ग निर्माण भैरहेको छ ।