FLASH NEWS
  • Loading...

घारखोला जलविधुतकाे निर्माण ९३ प्रतिशत

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२४ पटक पढिएको
घारखोला जलविधुतकाे निर्माण ९३ प्रतिशत

अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजना अन्तिम चरणमा पुगेको छ ।
०७४ चैतदेखी निर्माण थालेको आयोजनाले ९९ प्रतिशत निर्माण सकेको र आगामी मंसिरदेखी परिक्षण उत्पादन थाल्ने लक्ष्यसहित काम भैरहेको प्रर्वद्धक कम्पनी म्याग्दी हाईड्रोपावल लिमिटेडले जनाएको छ ।
आयोजनाका मुख्य इन्जिनियर जोसेफ बज्राचार्यका अनुसार हेडवर्ककाे काम सत प्रतिशत सम्पन्न भएकाे छ । टनेल हेडरेस ९० प्रतिशत, टनेल फिलिङ ६६ प्रतिशत,  पेनस्टक तर्फ ९५ प्रतिशत, पावरहाउस ८८ प्रतिशत, इलेक्ट्राेमेकानिकल ९० प्रतिशत, टान्समिसनलाइन ८७ प्रतिशत र समग्रमा ९३ प्रतिशत काम सकिएकाे छ । बाँध र डिसेन्टरमा पानी हालेर परीक्षण भैरहेको छ । तिहार अघि ३ मीटर डायग्रामको सुरुङ प्लास्टर गर्ने काम सकेर तिहारपछि सुरुङको परिक्षण गर्ने बताईएको छ । अहिले सुरुङ प्लास्टर, विधुत गृहमा उपकरण जडान, प्रसारण लाईन र सवस्टेनका काम भैरहेका छन ।


‘तिहार अघि नै टनेलमा पानी हाल्ने लक्ष्यसहित काम गरिरहेका छौं । विध्नबाधा नआए मंसिर अन्तिमबाट विधुतको परिक्षण उत्पादन गर्छौ’ आयोजना प्रर्वद्धक म्याग्दी हाईड्रोपावल लिमिटेडका अध्यक्ष भरत नेपालले भने, ‘कोरोनाकहरले लक्ष्य भन्दा एक बर्ष लम्बियो । अव अन्तिम चरणमा छ ।’
अमिलाकाफलको आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपलाई ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिसकिएको छ । विधुत गृहमा टवाईन, जेनेरेटर लगाइएत इलेक्टोमेकानिकल तर्फका उपकरण जोड्ने क्रम सुरु भएको छ । त्यस्तै पोखरेबगरदेखी २२० केभीए दाना सव स्टेशनसम्म ८ किलोमिटर ३३ केभीए डवल सर्किट प्रसारण लाईनको पोल गाड्ने, तार टाँग्ने लगाएत सवस्टेसनमा सिभिल संरचनाको काम भैरहेको इन्जिनियर बज्राचार्यले बताए ।
कुल र्दुइ अर्व ४२ करोड लागत अनुमान गरिएको आयोजना ०७८ मागमा सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना, निशेधाज्ञा, बन्दाबन्दी, प्राकृतिक विपदसमेतका कारणले करिव एक वर्ष ढिलाई भएको आयोजनाले जनाएको छ ।


‘थ्रि सि’ मोडेलमा निर्माण भैरहेको घारखोला जलविधुत प्राधिकरणको सिभिल इन्जिनियर्स साउथ एशियन इन्फाइस्टक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सिई हाईड्रो मेकालिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्ट्रक्सन प्रालि र परामर्शदाताको रुपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड रहेका छन ।