FLASH NEWS
  • Loading...

म्याग्दीका दुर्गाभगवती मन्दीरहरुमा फुलपाती भित्राईयो

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९७ पटक पढिएको
म्याग्दीका दुर्गाभगवती मन्दीरहरुमा फुलपाती भित्राईयो

जिल्लाका दुर्गाभगवती मन्दीरका दशैं घरमा उखु, हलेदो, केराको बोट, धानकाबाला, बेलपत्र, दारिम, जयन्ती समेत ९ थरी फुलपातीलाई नवदुर्गाको प्रतिकमानी धुमधामसहित भित्राईएको छ ।
पश्चिम म्याग्दीको ताकमकोट, सदरमुकामको बेनीकोट, ज्यामरुककोट, राखुभगवती कोट र उत्तरी भेगको घारकोट मन्दीमा नौमति बाजागाजासहित फुलपाती ल्याएर दशैं घरमा शास्त्रिय विधी अनुसार पुजापाठ सहित भित्राईएको हो । जिल्लाका सवै वस्तीमा भगवती मन्दीर रहेपनि ताकम, ज्यामरुककोट, बेनी, राखु र घारका कोट मन्दीर कम्तीमा तीन सय बर्ष पुराना र एतिहाँसिक हुन ।
परम्परा अनुसार म्याग्दीको घारकोट, भगवती कोट, ज्यामरुककोट र ताकमकोट मन्दीरमा नवमीका दिन दुर्गाकालीलाई वली चढाईने राँगो मार हन्न (काट्न) झण्डै वोलकवोल गरिन्छ । एतिहाँसिक भगवती कोट मन्दीरमा दुर्गाभगवती चढाईने वली (राँगो मार) बाईसे/चौविसे राज्यकालदेखी बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । राखुभगवती मन्दीरमा वली चढाउने राँगा काट्न नेपालकै धेरै एक लाख ८० हजारबढी बोलकावोल हुने गरेको छ । त्यसस्तै सरकारी राँगो मार हानन उत्तरी क्षेत्रको घारमा पनि वोलकवोल गर्ने गरिन्छ ।
७ सय बर्षअघि तत्कालिन राजामहाँराजाले स्थापना गरेको राखु भगवती कोटमन्दीर जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन । सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला बर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक बर्ष दशैंमा तीन हजार पठाउने गरेको छ ।