FLASH NEWS
  • Loading...

सल्यानमा जीप दुर्घटनामा परी दुई जनाको मुत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०२ पटक पढिएको
सल्यानमा जीप दुर्घटनामा परी दुई जनाको मुत्यु

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यान कुमाख गाउँपालिका ७ जीमाली वाट शारदा नगरपालिका ११ खैरावाङग मन्दिर दर्शनका लागि आउदै गरेको रा १ ज ७९८ नम्वरको जीप दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोटका ३९ वर्षका मानवहादुर पुन, सोही ठाउकी १४ वर्षकी एनका पुनको घटना स्थलमै मुत्यु भएको छ ।

जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी सन्तोष खनालले वताए ।

जीमालीको भित्री कच्ची सडकमा डुमकोट उकालोमा ब्याक गर्ने क्रममा सडकवाट १ सय िमटर तल खस्न गई दुर्घटनामा परेको हो । घटना स्थल सल्यान खलंगावाट ५६ किलोमिटर उत्तर पश्चिम रहेको प्रहरीको भनाई छ ।