FLASH NEWS
  • Loading...

यसपालिको दशैँ ‘हिले’ हुने सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३४८ पटक पढिएको
यसपालिको दशैँ ‘हिले’ हुने सम्भावना

यो पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावनायुक्त मौसमी गतिविधिहरू देखिएको मौसमविद्हरूले  बताएका छन्। हालसम्मका मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ “हिले” हुनसक्ने उनीहरूको पूर्वानुमान छ।

मनसुन कमजाेर बन्नु अघिका मौसमी गतिविधिहरू “अप्रत्याशित खालका” समेत हुने गरेकाले यसै भन्न सकिन्न।

अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणालीअनुसार नवमी र दशमीका दिन वर्षाको सम्भावना देखिएकाे छ। टीकाका दिन विशेषगरी गण्डकी प्रदेश र त्यसभन्दा पश्चिमतिर बढी वर्षा हुने पूर्वानुमान गरिएको माैषम विद्हरूकाे भनाइ छ।

नेपालमा जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ तारिखमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग अनुमान थियाे तर मनसुनकाे सक्रियता कायम भएकाेले अक्टोबर २ तारिखभन्दा पछिसम्म मनसुन लम्बिने देखिएको छ।

बङ्गालको खाडी र अरेबियन सागरमा जति धेरै पटक न्यून चापीय प्रणाली विकसित हुन्छ त्यति नै धेरै पटक नेपालमा मनसुनी वर्षा हुने गर्छ।