FLASH NEWS
  • Loading...

क्षत्री समाज स्थापना दिवसको अवसरमा कपडा सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३६० पटक पढिएको
क्षत्री समाज स्थापना दिवसको अवसरमा कपडा सहयोग

क्षत्री समाज म्याग्दीले अाज घटस्थापनाकाे दिन क्षत्री समाज स्थापना दिवस मनाएको छ ।

सोमवार क्षत्री समाजको हलमा अायाेजित क्षत्री समाज स्थापना दिवसकाे अवसरमा  अध्यक्ष लक्षमी कार्कीले समाजकाे तर्फबाट बेनी नगरपालिका, ६ र ७ वडाध्यक्षले स्थापना गरेकाे कपडा बैंकलाइ  कपडा सहयोग गरिन ।

बेनी नगरपालिका वडा नम्वर ६ र ७ ले गरिव तथा विपन्नहरुका लाई निशुल्क वितरणा गर्नेगरी कपडा बैंक खाेलेका हुन ।

साेही अवसरमा क्षत्री समाजले बडा दशैं, तिहार तथा छठकाे उपलक्ष्यमा शुभ कामना अादान प्रदान समेत गरे ।

कार्यक्रम समाजका अध्यक्ष केसीको अध्यक्षता, सदस्य लक्ष्मी भण्डारी कार्कीको स्वागत र सचिव हिम बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो । क्षत्री समाजले प्रत्यक बर्ष दसैँको घटस्थापनाका दिन क्षत्री दिवस मनाउदै आएको छ ।