FLASH NEWS
  • Loading...

रावण, रावण पुजा र रावण पार्क

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६७ पटक पढिएको
रावण, रावण पुजा र रावण पार्क

काे हुन रावण ?

लंकाक राजा रावण ऋषि विश्वश्रवा र राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसीकाे काेखबाट जन्मेका हुन । रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । रावणका कुम्भकर्ण नामक अजंगको ज्यान भएको भाइ, राजकाजमा निपूर्ण अर्का भाइ अभिरावण, शुपर्णखा नामकी बहिनी र विभिषण नाम गरेका अर्का भाइ थिए । यसबाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरू र खुम्बिणी नामकी बहिनी पनि थिइन् । रावणको विवाह मन्दोदरीसँग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । भगवान इन्द्रलाइ समेत परास्त गरेका हुनाले मेघनाथलाइ इन्द्रजीत पनि भनिन्थ्यो ।

रावणका दश टाउका

रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात् दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर, वास्तवमा दशवटा पण्डित बराबरको बौद्धिकता भएकाले रावणलाइ दशमुखा भनिएको पनि मानिन्छ ।  चारवटै वेद र ६ वटै उपनिषद्को ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशमुख रुप भनिएकाे मानिन्छ । रावणमा सम्पूर्ण नवरस (शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त थिए । माया अवतार जानेका कारण दश टाउको देखाउन सक्षम भएको भन्नेहरूको पनि कुनै कमी छैन ।

बौद्धिकता
रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कूटनीति विज्ञको रूपमा रामायणमा स्वीकार गरिएको छ । हिन्दू ज्योतिष विद्याको महत्त्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्त्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । साथै विणा बजाउने कलामा पनि ज्यादै पारंगत थिए ।

शिवभक्ति
भनिन्छ रावणले तिब्बत स्थित हिमालय क्षेत्रको मानसरोवरमा उनले कडा तपस्या गरेर शिवलाई प्रसन्न बनाएर ‘चन्द्रहाँस’ नामक खड्ग उपहार पाएका थिए । रावण नाम पनि उनै शिव दिएका हुन । रावणकाे भयंकर गर्जन । शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रस्ट हुन्छ । भारतको आन्ऽ प्रदेशमा रावणले स्थापना गरेको शिवलिंगको पूजा आज पनि हुने गरेको छ ।

अमरत्व
शिवबाट बरदान पाउनुअघि नै उनले यस्तै तपस्या गरेर ब्रह्माबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि वध नहुने अमरत्वको वरदान पनि पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्द्रीत गरेर राखेका थिए भनेर वर्णन गर्ने पनि गरिएको छ । नाभीमा जम्मा गरेर राखिएको यही अमृतलाई रामले वाण हानेर नष्ट गरेपछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।

रावणराज्य
लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) का लागि गरिदिएका थिए । तर कुवेर र रावणबीच मनमुटावको अवस्था सिर्जना भयो र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी रावण लंकाको राजा भए ।

सीता अपहरण
वनबास जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसागको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका हुन । रावणकी बहिनी शुपर्णखा वनबासी जीवन बिताइरहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फी प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप शुपर्णखालाई कुनै वास्ता नगरेपछि उनी आफौले लक्ष्मणको अगाडि गएर प्रेम प्रस्ताव राखिन् । सनकी प्रकृतिका लक्ष्मणले शुपर्णखाको यो साहसलाई घोर गाली बेइज्जती गरेर नाक–कान काटेर पठाइदिए । आफ्नी बहिनीको यो हविगतलाई रावणजस्तो शक्तिशाली बादशाहले हेरेर बस्ने कुरै थिएन । यसकै बदला लिनका लागि रावणले सीतालाई बन्धक बनाएर आफ्नो बहिनीसाग माफी माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । यद्यपि, लक्ष्मणसाग बदला लिन उनकी भाउजु सीतालाई अपहरण गर्नु निन्दनीय कार्य नै हो । सीतालाई अपहरण गरेर लगे पनि रावणले उनीमाथि कुनै दुव्र्यवहार गरेनन्, बरु बन्धक सीतालाई राम्रो हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अवधिभर सीतालाई हेर्ने जिम्मा महिलालाई मात्र दिइका थिए ।

रावण पूजा
रावणलाई देवताकै स्वरुपमा पूजा गर्ने समुदाय पनि छ । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिर स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाा रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरूमा रावणसागै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजीतकाे पनि पूजा गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालीन राजधानी मानेर रावणको पूजाआज र सम्झना गर्ने रावणपुर नामक ठाउँ बनाएका छन । श्रीलंकामा रामलाई राक्षसको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ ।

रामायण कथा

–  राम र रावण दुवै आ–आफ्नो क्षेत्रका महाशक्ति थिए । दुई शक्तिशाली अहंकारहरूको टकराब थियो ।
– रावण तत्कालीन अवस्थामा एक शक्तिशाली साम्राज्यका प्रतापी बादशाहका रूपमा स्थापित भइसकेका थिए । रावणका दुश्मनहरू पराजित गर्ने उचित मौकाको खोजीमा थिए । यहीबेला सीता अपहरण काण्ड हुन गयो ।
– रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकाले भनेकाे छ । तर उनका भाइ  विभिषणलाइ देवताजस्तो मानेकाे छ । रावण र रामबीच युद्धको चरमोत्कर्ष छुादै थियो र घाइते लक्ष्मणको मरणासन्न अवस्थामा उपचार भइरहेको थियो । यस्तो बेलामा पनि रावणले आफ्नै दुष्मनको उपचारका लागि आफ्ना नामुद आयुर्वेदाचार्य सुषेणलाई रामकोमा पठाएर मानवियता प्रदर्शन गरेका थिए ।

–रावणलाई सबैभन्दा बढी घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीको सुराकी मात्र दिएनन्, बरु रावणका दुश्मनसागको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?  *अन्य पत्रपत्रिकाबाट