FLASH NEWS
  • Loading...

निर्वाचन खर्च नबुझाउने म्याग्दीका ५ सय उम्मेदवारलाई जरिवाना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३७४ पटक पढिएको
निर्वाचन खर्च नबुझाउने म्याग्दीका ५ सय उम्मेदवारलाई जरिवाना

स्थानीय तह निर्वाचन २०७९ मा कानूनले तोकेको समय भित्र निर्वाचन खर्च विवरण नवुझाउने म्याग्दी जिल्का पालिकाका अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाअध्यक्ष/सदस्य पदका उमेदवारलाई निर्वाचन आयोगले एक लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म जरिवाना गरेकाे छ ।

अायाेगले सूचना प्रकाशित गरी कार्वाहीमा परेका नेताहरूलाई असाेज १ गतेदेखी ६ महिनाभित्र जरिवाना तिर्न ताकेता समेत गरेकाे छ । निर्वाचन अायाेगले प्रकाशित गरेकाे सुचना अनुसार निर्वाचन खर्च विवरण नवुझाउनेमा सवै भन्दाबढी मालिकाका १ सय ३२ जना, रघुगंगाका १ सय १४ जना, बेनी नगरपालिकाका ९६ जना, मंगला गापाका ७९ जना, धवलागिरीका ४४ जना र अन्नपूर्ण गापाका ३५ जना छन ।

अायाेगकाे विवरण अनुसार बेनी नगरपालिकामा मेयर पदका उम्मेदवार राप्रपाकी मीना सापकाेटा, मंगाेल नेशनल अर्गनाइजेसनका नरबहादुर थापा, उपमेयर उम्मेदवार एमालेकी पशुपति शाही, राप्रपाका एकेन्द्र रावललाई जनही ४ लाख ५० हजार जरिवाना ताेकिएकाे छ ।

बेनी नगरपालिकाका निर्वाचन खर्च नबुझाउने वडाध्यक्ष समेत विभिन्न सदस्य पदका उम्मेदवारलाई जनही २ लाख जरिवाना गरिएकाे छ । विवरण नवुझाइ जरिवानामा पर्नेमा पराजित उम्मेदवारले मात्र हाेइन अधिकांश निर्वाचित र दाेहाेरिएर निर्वाचित हुने जनप्रतिनिधी पनि छन छ । बेनी नगरपालिकामा १६ जना वडाध्यक्ष पदका निर्वाचित तथा प्रतिस्पर्धी उम्मेदवारसमेत ९२ जना सदस्य उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा  काँग्रेसबाट अध्यक्ष उम्मेदवार बलबहादुर तिलिजा, राप्रपाका तीर्थ खड्का, मंगाेल नेशनल अगर्गनाइजेसनका रामबहादुर गवुर्जा, मालिका गापा अध्यक्ष पदका उम्मेदवार काँग्रेसका श्रीप्रसाद राेका, मंगाेलका खमबहादुर राेका रघुगंगा गापामा अध्यक्ष पदका उम्मेदवारहरू एमालेका प्रेमबहादुर कार्की, माअाेवादी केन्द्रकी मीना विक र स्वतन्त्र सागर भण्डारी, धवलागिरी गापामा अध्यक्ष पदका उम्मेदवार नेकपा एसका बमबहादुर पाइजा,मंगला गापामा अध्यक्ष पदका उम्मेदवार काँग्रेसका विरेन्द्र बुढाथाेकी, राप्रपाका याेगन्द्र शेरचन, मंगाेलका गिरू राेकालाई निर्वाचन अायाेगले जनही ३ लाख ५० हजार जरिवाना ताेकिएकाे छ ।

त्यस्तै समयमै निर्वाचन अायाेगमा निर्वाचन खर्च विवरण बुझाउन नसकेका अन्नपूर्ण गाउँपालिकामा  काँग्रेसबाट उपाध्यक्ष उम्मेदवार ललिता तिलिजा,  मालिका गापामा उपाध्यक्ष उम्मेदवार काँग्रेसकी पीपला बुढा, माअाेवादी केन्द्रकी गाैरी सेन्चुरी, नेशनलकी धनदेवी बुढा,  रघुगंगा गापामा उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमकुमारी पुन, माअाेवादी केन्द्का रीम कटुवाल, स्वतन्त्र अनुराेध रिजाल, धवलागिरी गापामा उपाध्यक्ष उम्मेदवार गाेलका खममायाँ राेका, मंगला गापामा उपाध्यक्ष उम्मेदवार काँग्रेसकी शर्मिला थापा, माअाेवादी केन्द्रकी सुकमाया मगर र राप्रपाकी विन्दु मल्ल ३ लाख ५० हजार जरिवानामा परेका छन ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा  १० जना वडाध्यक्ष समेत ३१ जना सदस्य उम्मेदवार,  मालिका गापामा २४ जना वडाध्यक्षा समेत १ सय २७ जना सदस्य उम्मेदवार, रघुगंगा गापामा २७ जना वडाध्यक्ष समेत १ सय ९ जना सदस्य उम्मेदवार धवलागिरी गापामा ९ जना वडाध्यक्ष समेत ४२ जना सदस्य उम्मेदवार,  मंगला गापामा १६ जना वडाध्यक्ष समेत ७३ जना सदस्पय पदका उम्दमेदवारलाई पनि समयमा निर्वाचन खर्च विवरण नवुझाएकाेमा जनही १ लाख ५० हजार जरिवाना भएकाे जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ । *इकान्तिपुरमा समाचार छ ।