FLASH NEWS
  • Loading...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता उद्घाटन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६५ पटक पढिएको
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता उद्घाटन

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।

शुक्रबार विद्यालय प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगिताको उद्घाटन गरे । असोज ८ गते (भोली) देखि असोज १० गतेसम्म बेनीको खुल्ला मञ्चमा संचालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका छन ।

कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने विद्यालयका कार्यक्रम कार्यकारी निर्देशक सनम बानियाँले बताए ।