FLASH NEWS
  • Loading...

नवौँ राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा तयारी सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१४ पटक पढिएको
नवौँ राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा संञ्चालन गरिने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताकाे तयारी सुरू भएकाे छ ।

जिल्ला खेलकुद विकास समितिले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा अायाेजना गरेकाे सर्वपक्षीय बैठक अयोजना गरि प्रतियोगितालाइ कसरी ब्यवस्थित  गर्ने विषयमा छलफलपछि विभिन्न निर्णहरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बेसेको बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियाेगिताकाे विविध पक्षमा जानकारी गराएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अनुसार यहि असोज २७ गतेदेखि कार्तिक ३ गते सम्म भलिबल र असोज २८ देखि कार्तिक २ गते सम्म तेक्वान्दो खेल संचालन हुने  प्रतियाेगितामा ११ टिम सहभागी हुने प्रतियोगितामा भलिबलतर्फ १६५ खेलाडी र २५ जना अफिसियल र तेक्वान्दोतर्फ ३५२ खेलाडी र ७५ अफिसियल गरि कुल ६१७ जना सहभागी हुने छन ।

वैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुद मैदान व्यवस्थापन, स्वागतका लागि प्रवेशद्वार बनाउने, बजारमा स्वागत व्यानर होर्डिङ बोर्डहरु राखेर खेलकुदमय बनाउने, खेलाडी लागि सहुलियतदरमा खाना र बसाईको व्यवस्था गर्ने, खेल स्थलमा सार्वजनिक सवारीको रुट तयार गर्ने, खेलाडीलाई स्कटिङ सहित सुरक्षाको व्यवस्था गर्ने, प्रतियोगीता स्थलमा खानेपानी र शौचालयको राम्रो प्रवन्ध गर्ने गरिने बताए ।