FLASH NEWS
  • Loading...

पर्वतीय समस्याको दीगो समाधान सम्बन्धी मुस्ताङ सम्मेलन सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२१ पटक पढिएको
पर्वतीय समस्याको दीगो समाधान सम्बन्धी मुस्ताङ सम्मेलन सुरु

हिमालपारीको जिल्ला मुस्ताङमा ‘पर्वतीय समस्याहरुको दिगो समाधानकालागी मुस्ताङ सम्मेलन’ सदरमुकाम जाेमसाेममा मंगलवारदेखी सुरु भएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०२२ लाई अन्र्तराष्ट्रिय दिगो पर्वतीय विकास बर्षको रुपमा मनाउन नेपाल सरकारले मुस्ताङमा पर्वतीय सम्मेलन आयोजना गरेको हो । बुधवारसम्म चल्ने पर्वतीय समस्याको दीगो समाधान सम्बन्धी मुस्ताङ सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
संघिय वन मन्त्रालयको आयोजनामा सुरु भएको सम्मेलनमा मुख्यत: पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता र इकोसिस्टम, पर्वतीय संस्कृति, पर्वतीय महिला र हिमाल तथा तल्लो तटीय क्षेत्र सम्बन्धी विषयमा छलफल सुरु भएको शिखर सम्मेलनको स्थानीय सहआयोजक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख असोक सुवेदीले भने, ‘संयुक्त राष्ट्र संघले सन २०२२ लाई अन्र्तराष्ट्रिय दिगो पर्वतीय विकास बर्षको रुपमा मनाउने निर्णय अनुसार पर्वतीय समस्याको दीगो समाधान सम्बन्धी मुस्ताङ सम्मेलन आयोजना भएको हो ।’
वुधवार विश्वमै चिन्ताको विषय बनेको जलवायु परिर्वनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलन सम्बन्धी मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी छ । नेपालको झण्डै ८६ प्रतिशत भु–भाग चुरे, महाभारत, उच्चपहाडी तथा हिमाली भागले ओगटेको छ । र उक्त क्षेत्र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको छ । कार्यक्रममा नेपाल सरकारका वन मन्त्रालय, संयुक्त राष्ट्र संघीय नियोगहरु, अन्र्तराष्ट्रिय पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्र्तराष्ट्रिय संरक्षण संघ, विकास साझेदारहरु तथा गैह्सरकारी संस्थाका विज्ञहरु सहभागी छन ।

मुस्ताङमा पर्वतीय सम्मेलनमा जलवायु परिवर्तनबारे २७ औ सम्मेलनबारे नेपालले उठाउने एजेण्डाबारे साझा अवधारणा तयार पारिने मन्त्रालयले जनाएको छ । हिमाली र पर्वतीय भूभागमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रुपमा बढी हुने गरेको पुष्टि भइसकेको छ । पर्वत र जोडिएका समथर भूभाग एक आपसमा प्रभावित हुने हुँदा पर्वतीय विषयको विश्वव्यापी चासो नेपालका लागि एउटा महत्वपुर्ण अवसर समेत रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । *तस्वीर साैजन्य ः असाेक सुवेदी, एक्याप ।