FLASH NEWS
  • Loading...

संविधान दिवस जहिल्लै सत्ताधारीकाे मात्रै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१५ पटक पढिएको
Post Thumbnail

संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । अघिल्लाे वर्ष  संविधान दिवस मनाउँदा तत्कालिन सत्तारूढ एमालेका कार्यकर्ता बढी उपस्थित थिए ।

साेमबार साँझ बेनीको विरेन्द्र चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरी संविधान दिवस मनाए ।

सत्तारूढ दलहरूले मात्र संविधान दिवस मनाउने ब्यवहारमा प्रदर्शित ब्यवहारले नेपालकाे संविधान अाम नेपालीकाे नभै सत्तासीन दलकाे मात्र भएकाे बुझाउँछ । देशकाे राष्ट्रीय राजनीतिमा न्यायपालिका माथी कार्यपालिकाले वुट कुल्चेकाे वेला संविधान दिवस सत्ता गठगन्धनले मनाएकाे हाे ।