FLASH NEWS
  • Loading...

प्रधानन्यायाधीश राणाको वैयक्तिक स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८१ पटक पढिएको
प्रधानन्यायाधीश राणाको वैयक्तिक स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रकरणपछि सर्वोच्च अदालतमा देखिएको गतिरोधबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथि रहेको अवरोध हटाउन आग्रह गरेको छ । प्रधानन्यायाधीशको निवास बालुवाटारमा अनुगमनपछि आयोगले जारी गरेको विज्ञप्तिमा संविधान र कानून अनुसार यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।

‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अत: संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

आयोगले राणालाई सुरक्षाकर्मीहरूले विनाकारण निवासबाट बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न गएको जनाएको छ ।

आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ ।

‘आयोग टोलीले तहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरे भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ’ आयोगले भनेको छ ।