FLASH NEWS
  • Loading...

तागत बढाउने औषधी चिप्लेकिरा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८६ पटक पढिएको
तागत बढाउने औषधी चिप्लेकिरा

हाडजोर्नी दुखेमा, रुख/भिरबाट लडेर चोटिएमा र ताकत बढाउन चिउंदो चिप्लेकिरा खाने चलन पुरानो हो ।  मेरुदण्ड नहुने चिप्लेकिरा झट्ट देख्दा घिनलाग्दा हुन्छन् । तर वर्षायाम लागेपछि खोल्सा, पाखा र वारीका कान्लाभरी चिप्लेकिराहरु र्‍याल छोड्दै घिस्री रहेका चिप्लेकिरालाई औषधीको रुपमा यहां खाने गरिन्छ ।

चिप्लेकिरा खाने चलन कहिलेदेखी शुरु भयो भन्ने जानकारी कसैसंग नभएपनि लेकदेखी बेंशीका वस्ती सम्म गरिव देखी धनीहुनेखानेले सम्म औषधीको रुपमा खाने चलन छ । यौनशक्तिबद्र्धक औषधी जीवन वुटीलाई माथ गर्ने विश्वास गरिएको चिप्लेकिरा खाएमा तत्काल लाभ पुग्ने विश्वासमा खोजीखोजी खाने गर्छन् ।चिप्लेकिरा विषलु हुन्छ वा हुंदैन भन्ने जानकारी छैन् ।


चिप्लेकिरा लेक–बेंशीका सवैले औषधीको रुपमा खाने चलन छ । चिप्लेकिरालाई जिउंदै वा सुकुटी बनाएर खाने गरिन्छ । मान्छेले मात्र होईन वर्खाको हिलोमा जोत्न सकेनन् भने गोरुलाई पनी ताकतिलो खुराकको रुपमा चिप्लेकिरा खुवाउने गरिन्छ । कान्लाको चिप्लेकिरा टिपेर सुत्लुक्क निल्दै रघुगंगा गापा, २ की एक महिलाले भनिन्– आंख्ला–आंख्ला खान्छ, तागत आउंदैन यही चिप्लेकिरा नखाए कसरी काम गर्नु नी ।’

‘भालेचिप्ले किराले यौनशक्ति र तागत तथा पोथिचिप्लेकिराले हाडजोर्नि दुखेको, मर्केको, चोटिएको आदीमा लाभ पुर्‍याउने विश्वास छ । चिप्लेकिरालाई जिउंदै खान घिनमान्नेले सुकुटीको रुपमा पनि प्रयोग गर्छन् । अझ चिप्लेकिराको सुकुटी रक्सीलाई अच्छाको चटनी मानिन्छ । औषधी र तागतिलो भएपनि चिप्लेकिरा खान भने त्यति सजिलो छैन् । घिनलाग्दो देखिनेहुंदा हत्तपत्त कसैले खान आंटै गर्दैन । गमजस्तै चिप्लोर्‍याल निकाल्ने हुंदा समाउन सजिलो हुंदैन् । चिप्लेनिल्दा मुखमा पानी वा अन्जुलीमा पानी राखेर पानीसंगै निल्नुपर्छ नत्र मुखमा गमजस्तो चिप्लोटांसीएर समस्या बन्छ ।