FLASH NEWS
  • Loading...

गठवन्धनका उम्मेदवार नेताकाे दैलाेमा, एमालेका उम्मेदवार मतदाताकाे दैलाेमा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३५३ पटक पढिएको
गठवन्धनका उम्मेदवार नेताकाे दैलाेमा, एमालेका उम्मेदवार मतदाताकाे दैलाेमा

आगामी मंसिर ४ गते हुने आम निर्वाचन अन्र्तगत प्रतिनिधी सभा निर्वाचनकालागी उम्मेदवार बन्न सत्ता गठबन्धनका केवी भण्डारी, खम्बीर गर्वुजा र रेशम बानियाँ नेताकाे दैलाे ढकढक्याउँदै गर्दामा एमालेबाट सर्वसम्मत बनेका उम्मेदवार हरीकृष्ण श्रेष्ठ मतदाताकाे घरदैलाेमा पुग्न थालेका छन । श्रेष्ठले दुर्गम धवलागिरीकाे गुर्गा, लुलाङबाट  मतदाताकाे घरदैलाे सुरू गरेका छन ।

सत्ता गठबन्धनमा म्याग्दी काँग्रेसकाे भागमा परेपनि कांग्रेस उम्मेदवारहरू वीच नै  टिकट पाउन प्रतिस्पर्धा छ । उम्मेदवार सर्वसम्मत गरेपछि उत्साही एमाले कार्यकर्ता लगातारकाे झरीवादल विच पनी मतदाताकाे घरदैलाेमा निक्लेका छन ।

श्रेष्ठ विहिवार विकट धवलागिरी गाउँपालिका –१ गुर्जामा कार्यकर्ता तथा मतदाताकाे घरदैलाे सुरू गरेका हुन । एमालेका उम्मेदवार शिफारिस भएका श्रेष्ठकाे मतदाता भेटघाट टाेलीमा धवलागिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रेशम छन्त्याल, जिल्ला कमिटी सदस्य प्रगति कार्की, ईश्वर सुवेदी, रमेश गिरी लगायत टाेली सहभागी छ । जिल्लाकाे राजनितीमा ईमान्दार, कर्मठ, र सामाजिक रुपमा उच्च छवि रहेका श्रेष्ठ कुशल संगठक तथा असल नेतृत्व मानिन्र्ताछन ।