FLASH NEWS
  • Loading...

अछाम पहिरो : १२ को मृत्यु, ११ जना अझै बेपत्ता

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५५ पटक पढिएको
अछाम पहिरो : १२ को मृत्यु, ११ जना अझै बेपत्ता

अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ  । शनिबार बिहान १० बजेसम्म ११ जना बेपत्ता रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको जानकारी दिए।

उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव  निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ।

यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको मरासेनीले बताए।

उनका अनुसार तीनै पालिकामा पहिरोमा पुरिएर अझै ११ जना बेपत्ता भएका छन्। तुरमाखाँदमा ७, कमलबजारमा ३ र ढकारीमा एकजना बेपत्ता छन्।

पहिरोमा परेर ११ जना घाइते भएका छन्। हेलिकप्टरमार्फत उद्धार गरी उनीहरूलाई उपचारका लागि पठाउने तयारी गरेको प्रजिअ मरासेनीले जानकारी दिए।