FLASH NEWS
  • Loading...

पश्चिम नेपालमा ठूलो पानी पर्न सक्ने चेतावनी, असाेज ८ सम्म अांशिक वर्षाकाे अनुमान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३३ पटक पढिएको
पश्चिम नेपालमा ठूलो पानी पर्न सक्ने चेतावनी, असाेज ८ सम्म अांशिक वर्षाकाे अनुमान

नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा रहेकाे हुनाले आगामी केही दिन नेपालकाे पश्चिमी क्षेत्रमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी भू-भागको दक्षिणतिर विकसित भएको मेघ गर्जन चट्याङग सहित वर्षा गराउने बादल उत्तर तिर सर्दै छ। यो प्रणालीका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। शनिवारदेखी वर्षा थप पश्चिम लाग्ने अनुमान छ । असाेज ८ सम्म अांशिक वर्षा कायम रहने अनुमान छ ।

चौबीस घण्टाको अवधिमा १० मिलिमिटरको हाराहारीमा पानी पर्नुलाई सामान्य वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ। पचासदेखि १०० मिमि पानी परेमा भारी वर्षा भनिन्छ अनि १०० मिमि नाघेको खण्डमा धेरै भारी वर्षा भनिन्छ।

मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खासगरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्शाउने मौसमविद्हरू बताउँछन्।

न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ। चाप निश्चित परिमाणभन्दा पनि कम भएमा त्यो न्यून चापबाट डिप्रेशन बन्न पुग्छ जसले पानी झन् धेरै पार्छ।