FLASH NEWS
  • Loading...

मुस्ताङकाे घाँसामा ट्रक दुर्घटनाहुँदा चालकको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२७८ पटक पढिएको
मुस्ताङकाे घाँसामा ट्रक दुर्घटनाहुँदा चालकको मृत्यु

मुस्ताङको थासाङ गाउँपालिका, ४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटनाग्रस्तहुँदा चालक कुमार तामाङको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।
मुस्ताङबाट स्याउ बोकेर पोखरा हिंडेको ग १ ख ४१७७ नम्बरको मालबाहक ट्रक दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेलहुँदा भित्तामा जोतिएर सडकमा पल्टदा चालकको मृत्यु भएको स्थानीय विक्रम गौचनले बताए ।
घाँसा प्रहरी चौकीका इन्चार्ज असई मनबहादुर कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन । थप विवरण खुलेको छैन । थासाङ गाउँपालिका, १ टुक्चेका गोपाल पुनको ट्रकले आफ्नै स्याउ लिएर पोखरा झर्दै थियो ।