FLASH NEWS
  • Loading...

कार्य सम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३४८ पटक पढिएको
कार्य सम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

फाेटाे ः अनुप बानियाँकाे फेसबुकबाट

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ औं स्थानमा परेको छ ।
बेनी नगरपालिका–७ सदरमुकाम बेनी बजारमा अवस्थित विद्यालयले ८७.८१ अंक प्राप्त गरेको छ । केन्द्रले गरेको कार्यसम्पादनमा बेनी सामुदायिक उत्कृष्टभित्र परेको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए । ‘यो म्याग्दी जिल्लाकै लागि सुखद् खबर हो,हामीले गरेको सामूहिक प्रयासको सफलता हो’, प्रअ श्रेष्ठले भने ।

केन्द्रले मितव्ययी, पारदर्शीता, सहभागिता, प्रभावकारिता, सन्तुष्ट,नेतृत्व,व्यवस्थापन, निष्पक्षता तथा समता, सर्वसुलभतालगायतका मापदण्डमा विद्यालयको नतिजा उत्कृष्ट आएको छ । केन्द्रको कार्यसम्पादन परीक्षण टोलीले म्याग्दीको निजी विद्यालयसहित अन्य सरकारी निकायका विद्यालयको निरीक्षणमा अधिकांश सामान्य र केही मध्यम रहेकोसमेत सार्वजनिक गरेको छ । २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको विद्यालयमा हालसम्म देशभरका १ सय ३१ विद्यालयले सामूहिक तथा ५७२ विद्यालयका प्रअहरुले समेत भ्रमण गरेका छन् ।

एसइईको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्तीर्ण प्रतिशत, विद्यालय स्तरीकरण (भौतिक पूर्वाधार, मानवीय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र एसएलसी उत्र्तिणा प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाइ उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडानलगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गरिने जस्ता गतिविधिलाई सिकेर प्रयोगमा समेत ल्याएका छन् ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो । २०६३ सालदेखि माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ ।