FLASH NEWS
  • Loading...

मगर संघ म्याग्दीको अध्यक्षमा लोकेश पुन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६२ पटक पढिएको
मगर संघ म्याग्दीको अध्यक्षमा लोकेश पुन

शनिवार बेनीमा सम्पन्न नेपाल मगर संघ म्याग्दीको आठौ जिल्ला अधिवेशनबाट लोकेश पुन मगर अध्यक्षमा निर्विरोध चयन भएका छन ।

अधिवेशनबाट जिल्ला कार्य समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामीलाइ चयन गरेकाे छ ।

त्यसै, जिल्ला समितीकाे सदस्यमा क्रमशः हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका, टंकसरा राना, रामदेवी पुन, निरज शेरपुञ्जा, एकजित रोका, देव राना, लालमायाँ पुर्जा, समिर रोका, राजेन्द्र जुग्जाली र बिजय घर्ती चयन भएका छन ।

अधिवेशनमा संस्थाका सचिव खम थापाले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णु रोका मगरले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

कार्यक्रममा नेपाल मगर भूपू शैनिक संघका जिल्ला अध्यक्ष थम बहादुर गर्वुजा, मगर संघ बेनी नगरपालिका समितिका सस्तविर आले, नेपाल मगर महिला संघ म्याग्दीका अध्यक्ष टकसरा राना, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य अनिल राम्जाली मगर लगायत शुभकामना दिए।

अधिवेशन नेपाल मगर संघ जिल्ला समन्वय समितिका अधयक्ष डकमाया पाईजाको अध्यक्षता, पुर्व अध्यक्ष थजालीको प्रमुख आतिथ्यता, उपाध्यक्ष लोकेश पुनको स्वागत र सचिव थापाको संचालन गरेका थिए ।