FLASH NEWS
  • Loading...

पहिरोले बेनीखानेपानीमा क्षति, कलेक्सन,स्लो स्याण्ड र रिर्जवयर ट्याड्ढी पनि जोखिममा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५० पटक पढिएको
पहिरोले बेनीखानेपानीमा क्षति, कलेक्सन,स्लो स्याण्ड र रिर्जवयर ट्याड्ढी पनि जोखिममा

पहिरोले क्षति पुर्‍याएपछि म्याग्दी सदरमुकाम बेनीबजारलाई वितरण गरिएको बेनी खानेपानी आपुर्ति बन्द भएको छ । बेनी खानेपानीबाट सदरमुकाम बेनीका ९ सय ३० घरधुरीका २० हजार जनसंख्यालाई २४ सै घन्टा श्वस्च्छ र सफा खानेपानी पुर्‍याउँदै आएको थियो ।
शनिवार राती गएको पहिरोले ट्याड्ढीबाट बेनी बजारमा पानी आपुर्ति गर्ने वितरण पाईपलाईनमा क्षति पुर्‍याएको छ । पानी संञ्चालन हुन कम्तीमा दुई दिन लाग्ने बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले बेनी खानेपानी उपभोक्ता संस्थाको बराहपाखो स्थित कलेक्सन, पानी फिल्टर गर्ने स्लो स्याण्ड ट्याड्ढी र वितरण गर्ने रिर्जवयर ट्याड्ढी पनि जोखिममा छन ।


‘पहिरोले रिजर्वयर ट्याङ्कीबाट उपभोक्तालाई वितरण गरेको पाईप लाईनमा क्षति पुगेको छ । एक लाख क्षमताको स्लो स्याण्ड ट्याड्ढी जोखिममा छ’ बेनी खानेपानी उपभोक्ता संस्थाका मुख्य पानी मिस्त्री राजेश पाण्डेले भने, ‘पानीलाई तल्लो स्लो स्याण्ड र रिजर्वयर ट्याड्ढीमा नहाली सोझै वितरण लाईनमा जोड्ने र पानी आपूर्ति सहज बनाउन लागेका छौं ।’
मिस्त्री पाण्डेले थपे, ‘समितिले पहिरो नियन्त्रण र खानेपानीका कलेक्सन, रिर्जवयर र स्लो स्याण्ड ट्याड्ढी सुरक्षीत गर्ने र ब्यवस्थित गर्न छलफलमा हुनुहुन्छ ।’
मनसुनका तीन महिना ट्याङ्कीदेखी मुहानसम्म ८ किलोमिटर लामो लाईनमा कहीं न कहीं बाढी र पहिरोले क्षति पुऱ्याउने गरेको छ ।
बेनीमा ल्याएका दुई वटा पाईपलाईन मध्य पुराना पाईपलाई अधिकांश क्षेत्रमा जमिनमुनी भएकोले बाढीपहिरोले कम क्षति गरिरहेको छ । तर नयाँ पाईपलाईन भने जमिनमाथी रहेकोले पहिरो र माथीबाट ढुङ्गा खसेर पनि भाँच्ने/फुटाउने गर्दा धेरै क्षति पुग्ने गरेको छ ।
मुलको सफा र शुद्ध खानेपानी आपूर्ति गर्न अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाको पुम्दिखोलाको मुलबाट १८ बर्षअघि एशियाली विकास बैंकबाट ऋण लिएर १८ किलोमिटर लामो पाईपबाट पानी ल्याई ३२ लिटर प्रति सेकेण्ड पानी वितरण गर्दै आएका थियो ।