FLASH NEWS
  • Loading...

म्याग्दीबासीले गर्छन औषत भन्दाबढी मासु सेवन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३१८ पटक पढिएको
म्याग्दीबासीले गर्छन औषत भन्दाबढी मासु सेवन

भेडा, बाख्रा र कुखुरा पालन ब्यवसाय फस्टाउँदै गएपछि जिल्लावासीले औषत भन्दाबढी मासु सेवन गर्न थालेका छन । दुधको खपथ पनि बृद्धी भएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार आव ०७७/०७८ मा भैसी/राँगो, खसी/बोका, भेडा, बंगुर/सुगुर, कुखुरा, हाँस र खरायोको मासु एक हजार सात सय ६७ मेट्रिक टन उत्पादन भएकोमा आव ०७८/०७९ मा एक सय ३७ मे.टन बढेर एक हजार ९ सय ४ दशमलव २५ मे.टन उत्पादन भएको छ ।
नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिब्यक्ति बार्षिक १४ किलोग्राम रहेकोमा म्याग्दीमा राष्ट्रिय औषत भन्दा ४ केजी न्यून माशु उपभोग दर रहेको छ । सदरमुकाम बेनीमा भने राष्ट्रिय औषतभन्दा भन्दा ७ केजी अर्थात प्रतिब्यक्ति २१ केजी मासु सेवन गर्ने गरेका छन ।
सवैभन्दाबढी राँगो/भैसीको मासु एक हजार एक सय २३ मे.टन, कुखुराको माशु ती सय ७१ टन, खसीबोकाको मासु तीन सय ९ टन, भेडाको ३७ टन, बंगुर, सुंगुरको ३२ मे.टन र माछा २९ टन खपत भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका ६ वटै पालिकाहरुले संञ्चालन गरेको कृषक सुचिकरणको तथ्याङकबाट यो विवरण तयार पारेको जनाएको छ ।
‘जिल्लामा बाख्रा, गाईभैसीको संस्थागत रुपमै ब्यवसायीक पालन सुरु भएको छ । यसको परिणाम दुध र मासु उत्पादन बढेको सेवन पनि बृद्धी भएको देखिन्छ’ भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायव पशुसेवा प्राविधिक गणेश रिजालले भने, ‘ग्रामिण वस्तीसम्म मोडेल फर्म ब्यवसायीकता विकास हुन थालेको छ । अझै स्थानीय सरकारसँग कार्यक्रम विस्तार गरिनु पर्छ ।’
त्यसैगरी जिल्लामा दुधको उत्पादन पनि बृद्धी भएको छ । अघिल्लो वर्ष चार हजार सात सय ३० मे.टन दुध उत्पादन भएकोमा यो वर्ष ९ सय ५३ मे.टन बढेर पाँच हजार छ सय ८३ मे.टन दुध उत्पादन भएको छ । दुध उत्पादन बढेपनि गाईको दुध उत्पादन भने घटेको छ । अन्नपूर्ण गाउँपालिकाको पाउद्धार र घारमा संञ्चालित चीज उद्योग वन्द भएपछि गाईको दुधको उत्पादन घटेको हो । कोरोना कहरले पर्यटक नआएपछि चीज उद्योग वन्द भएको र गाईको दुध खपत गर्ने चीज उद्योग वन्द भएपछि कृषकले गाई पाल्न छोडेपछि दुध उत्पादन घटेको हो ।
‘राँगा र भैसी भने तराईबाट आयात हुन्छ । कुखुरापनि केही चितवन, तनहु क्षेत्रबाट आउँछ गरेको छ । खसीबोका भने जिल्लाकै उत्पादनले बजार धानेको छ’ बेनी नगरपालिका, ८ क्याम्पसचोकमा माशु पसल चलाएका पल्टन गुप्ताले भने, ‘खसीबोका तराईबाट ल्याउन छोडेको तीन–चार बर्ष भयो । अघिल्लो वर्षसम्म कुखुरा पनि जिल्लाको उत्पादनले पुग्थ्यो, अहिले उत्पादन घटेकोले बाहिरबाट ल्याउनु पर्छ ।’
‘हामीले संकलन गरेको पशुहरुको तथ्याङ्क पालिकाको पशुसेवा शाखाले बनाएको र माशु खपतको तथ्याङ्क भने माशु ब्यवसायीले उपलब्ध गराएको विवरणमा आधारित छ । त्यसैले धार्मिक उद्देश्यले गरीने पशुवलीबाट आउने ठूलो परिणामको माशु र घरमा आफैले पालेर खाने माशुको परिणाम अभिलेख गरिएको छैन’ पशुसेवा प्राविधिक गणेश रिजालले भने, ‘तथ्याङ्क विभागले गत वर्ष चलाएको जनगणना र कृषी गणनाको तथ्याङ आएपछि रुजु गर्ने र कार्यालय आफैले भेडा, बाख्रा, गाई, भैसी, बंगुर पाल्ने कृषकहरुको छुट्टाछुट्टै समुहबाट पनि तथ्याङ लिंदैछौं ।’
म्याग्दीका हरेक टोलवस्तीमा लाग्ने मेलाजात्रा र मदिराजन्य संस्कार तथा धार्मिक उद्देश्यले पशुवली चढाउने प्रथा पनि बढी भएको हुनसक्ने अनुमान छ । गाउँ–गाउँमा रहेका बराह तथा भुमेथान लाग्ने धार्मिक मेला र क्षत्रीब्रामण समेत सवै जनजाति समुदायमा हुने कुल पुजामा दिईने पशुवलीले समेत माशुको ब्यापार फस्टाएको हो ।