FLASH NEWS
  • Loading...

म्याग्दीको सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२१ पटक पढिएको
म्याग्दीको सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले पालिकास्तरमा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो ।

पाचवटा स्थानीय तहमा पालिकास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको आयोजनामा दरबाङमा सम्पन्न वैठकले पालिका भित्रका सबै वडामा वडास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार यही भदौ २५ गते मालिकाको निस्कोट, २७ गते रुम, २८ गते डाँडागाउँ, २९ गते दरबाङ, ३१ गते ओखरबोट र असोज १ गते विममा वडा कमिटीको वैठक तथा भेला आयोजना गरिने एमाले मालिका गाउँपालिका कमिटीका सचिव सन्तोष सुवेदीले बताए।

वैठकमा एमाले जिल्ला कमिटी सदस्यद्वय मनबहादुर पुन, कुलबहादुर घर्ती, एमाले निस्कोटका पूर्व वडा कमिटी अध्यक्ष बुद्धी पुन, रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकी, ओखरबोट वडा कमिटी अध्यक्ष गोपाल कँडेल, देवीस्थानका वडा कमिटी अध्यक्ष नवीन बुढाथोकी, दरबाङका वडाध्यक्ष पथबहादुर रोका र विमका वडाध्यक्ष टकलाल पुनले वडाको समग्र रिपोटिङ गरेका थिए ।