FLASH NEWS
  • Loading...

उत्तर कोरियाकाे घाेषणा ः अव परमाणु हतियार सम्पन्न देश

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५६ पटक पढिएको
उत्तर कोरियाकाे घाेषणा ः अव परमाणु हतियार सम्पन्न देश

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक परमाणु हतियार सम्पन्न देश भएको घोषणा गरेका छन् । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ ।

उत्तर कोरियाका राष्ट्रपति किमले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताएको बीबीसीले जनाएको छ ।

यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर कोरियाबीच कुराकानी रोकिएको छ । यद्यपि जो बाइडन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको सङ्केत दिएको थियो । तर राष्ट्रपति बाइडनले किम जोङ उनसँग भेट गर्ने नगर्ने भन्नेबारे स्पष्ट थिएन ।