FLASH NEWS
  • Loading...

बुथ कब्जा गर्ने, धाँधली गर्ने जस्ता काममा सरिक नहुन प्रहरी प्रशासनलाई ओलीको आग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५७ पटक पढिएको
बुथ कब्जा गर्ने, धाँधली गर्ने जस्ता काममा सरिक नहुन प्रहरी प्रशासनलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रहरी, प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने जस्ता गतिविधीलाइ साथ नदिन आग्रह गरेका छन् ।

नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रीय समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न आग्रह गरे ।

उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।