FLASH NEWS
  • Loading...

प्रदेश सभामा एमाले म्याग्दीका २७ जना आकांक्षी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८७ पटक पढिएको
प्रदेश सभामा एमाले म्याग्दीका २७ जना आकांक्षी

आगामी मंसिर ४ गते हुने आम निर्वाचन अन्र्तगत गण्डकी प्रदेश सभा सदस्य निर्वाचनकालागी एमालेमा प्रत्यक्ष तर्फ २७ जनाले आकांक्षा ब्यक्त गरेका छन । 

म्याग्दीकाे प्रदेश सभा क र ख निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ १-१ जना उम्मेदवार अावश्यक भएपनि क मा ११ जना र ख मा ६ जना अाकांक्षी देखिएका छन । 

प्रदेश सभा निर्वाचन क्षेत्र क तर्फ एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला सदस्यहरु किरण सापकोटा, सन्तोष रावल, लोक भण्डारी, खुमबहादुर बानियाँ, नारायण जिसी, प्रकाश पौडेल, रामप्रसाद सुवेदी, वेलबहादुर चोखाल र शिवकुमार वरुवालले आकांक्षा देखाएका छन ।
त्यस्तै समानुपातिक तर्फ खड्ग गिरी, हेमकुमारी गर्वुजा, गणेश बानियाँ, विष्णुकुमारी गुरुङ, जीवन विश्वकर्मा शिवानीसिं ल्वागन र जाफर हुसैनले आकांक्षा देखाएका छन ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ख तर्फ नवराज शर्मा, यामबहादुर गर्वुजा, रामचन्द्र गौतम, धनबहादुर गुरुङ्ग, यशोदा र पदमलाल सापकोटाले आकांक्षा देखाएका छन । शर्मा ०७४ सालमा संविधान सभा सदस्य थिए ।
त्यस्तै, समानुपातिक तर्फ भने खरमायाँ विटालु, सृजना केसी र सीता गुरुङगरी तीन जना महिलाहरुले मात्र आकांक्षा देखाएका छन । खरमाया निर्वतमान मालिका गाउँपालिका र सृजना केसी मंगला गापाका निर्वतमान उपाध्यक्षको जिम्मेवारी संहालेका थिए ।
एमाले प्रदेश निर्वाचन क्षेत्र क को बेनीमा र ख को दरवाङमा जारी प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम वैठकमा जिल्ला नेताहरुले आकांक्षा देखाएका हुन । आकांक्षीको संख्या धेरै भएकोले एक चरण आकांक्षा राख्ने नेताहरु विच छलफल गराई संख्या घटाउने र नभए प्रदेश कमिटीले जिल्ला कमिटीमा आकांक्षीको नाम शिफारिस गर्ने तयारी भएको ति पार्टीले जनाएका छन ।
‘आज प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम वैठकले तत क्षेत्रका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारका आकांक्षीहरुको नाम संकलन गरी सकेसम्म महिला, पुरुष समेत योग्यता मिलाएर तीन जनाको नाम शिफारिस गर्नु हुन्छ । सहमति नभए सवै नाम जिल्लामा पठाउनु हुने छ’ एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले भने, ‘पर्सी २० गते जिल्ला कमिटीको वैठकले प्रदेश तर्फ र प्रतिनिधी सभाका उम्मेदवार आकांक्षीहरुको टुङ्गो गरी प्रदेशमा पठाउने योजना छ ।’