FLASH NEWS
  • Loading...

उसुमा म्याग्दीलाई २ स्वर्ण, ३ रजत र २ काँस्य

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०८ पटक पढिएको
उसुमा म्याग्दीलाई २ स्वर्ण, ३ रजत र २ काँस्य

पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा उसु तर्फ म्याग्दीले २ स्वर्ण, ३ रजत र २ काँस्य पदक ७ पदक जितेको छ ।

प्रतियोगितामा सुशिल कुमार श्रेष्ठले ६५ केजी, दिक्षा राईले ५२ केजीमा स्वर्ण पदक हात पारेका हुन । ६० केजीमा सवित भण्डारी, समीर किसानले रजत र ४८ केजी र ४६ केजी समुहतर्फ दिपिका राई र निशु बानियाँले कास्य पदक जितेका हुन ।

पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौटमा म्याग्दीले मार्सलआर्ट विधामा राम्रो गरेको छ ।