FLASH NEWS
  • Loading...

कराँतेमा म्याग्दीलाई २ स्वर्ण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९० पटक पढिएको
कराँतेमा म्याग्दीलाई २ स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा जारी गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ म्याग्दीले दुइ स्वर्ण हात पारेकाे छ ।

कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका हुन । महिला तर्फ प्रिती थापाले स्वर्ण पदक जितेकी छिन । 

कराँते प्रशिक्षक विरेन्द्र श्रेष्ठका अनुसार छनाैट खेलबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट कराँतेका ६ जना खेलाडी छानिएका छन । 

पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म संचालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा विभिन्न छनौटका खेलहरु संचालन भईरहेका छन ।