FLASH NEWS
  • Loading...

बेनी नगरका जेष्ठ नागरिकलाइ घरै स्वास्थ्य सेवा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३९४ पटक पढिएको
बेनी नगरका जेष्ठ नागरिकलाइ घरै स्वास्थ्य सेवा

बेनी नगरपालिकाले पालिका भित्रका सवै जेष्ठ नागरिक (७० वर्षमाथी)को घर–घरमा स्वास्थ्यकर्मी पुर्‍याउन थालेको छ ।
पालिका मातहतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै जेष्ठ नागरिकको घरमा पुग्न थालेका हुन ।

नगरपालिका भित्र पर्ने भएपनि प्राय: वस्ती दुर्गम ग्रामिण क्षेत्र रहेका, नजिकै स्वास्थ्य संस्था नभएको र सडकको सहज पुहुँच नपुग्दा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पुर्‍याउने प्रयास थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पालिकाले गत साउन देखी जेष्ठ नागरिकसंग स्वास्थ्य कार्यक्रम सुरु गरेको हो । पालिका भित्र हरेक वडामा रहेका हेल्थपोष्टमा कार्यरत हेल्थअसिस्टेन्ट, सिनियर अहेव, अहेव र अनमीमध्यबाट एक जना स्वास्थ कार्यालया रही बाँकीले महिनाको २०–२५ गते भित्र जेष्ठ नागरिकको घरमा पुग्ने तालिका छ । जेष्ठ नागरिकको घरमा पुग्दा स्वास्थ्यकर्मीले साथमा सुगर नाप्ने ग्लुकोमिटर, अक्सिजन नाप्ने पल्सअक्सीमिटर, ज्वोरो नाप्ने थर्ममिटर, प्रेसर नाप्ने विपीसेट, टर्च लाईट समेतका आधारभुत स्वास्थ्य सामाग्री र स्वास्थ्य संस्थामा उपलब्ध बोक्ने योजना छ ।

‘समाजमा स्वास्थ्य संस्थामा पुग्न नसकेका ७० वर्षमाथीका विरामी जेष्ठ नागरिक, असक्त, अपाङ्ग तथा थला परेका विरामी र ४५ बर्ष माथीका दिर्घरोगीको पहिचान गरी घरमै स्वास्थ्य सेवा दिने, अस्पतालमा रिफर गर्ने उद्देश्यले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याएका हौं’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने, ‘धेरै गरिव र विपन्न वर्गका विरामी औषधोपचार नपाएर घरमै रोगले कुहिएर बसेका भेट्यौं । दीर्घ रोगीले नियमति औषधी छोडेर बसेका, परिवारका वयस्क सदस्य नहुँदा बृद्धबृद्धा र अपाङ्गहरु बढी रोगले थलिएका तर स्वास्थ्य सेवा नपाएको भेटिए ।’ प्रमुख केसीले थपे, ‘आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्थै नभएका विरामी पहिचान गरेका छौं । उनीहरुलाई स्वास्थ्य संस्थामा पुर्‍याउने र उपचार गर्न चुनौति थपिएको छ ।’

स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिक र औषधीउपचार नपाएका अशक्त, अपाङ्गको घरमै पुगेर उपचार गर्दा, स्वास्थ्य परिक्षण गर्दा दैलोको सरकारको अनुभुति गरेका छन । बृद्धबृद्धा मात्र होईन, समाज र परिवारबाट हेय अनुभुति गरेका अति गरिव र अपाङ्गले पनि उपचार पाएका छन ।

‘गाउँका केही मान्छेहरु यतिको रोग पालेर पनि स्वास्थ्य संस्था नगै बस्छन भन्ने सोचेकै थिईन । सामान्यतया: कान नसुन्ने, मुखनवोल्ने अपाङ्गहरुलाई त सकेसम्म स्वास्थ्य संस्थामै नलगिने रहेछ’ पुलाचौर स्वास्थ्य चौकीकी अहेव अमृता सुनारले भनिन, ‘पुरानो घाउ पाकेर किरा पर्दा पनि स्वास्थ्य संस्थामा नआएका रहेछन । घरमै गएर उपचार गर्दा खुशी भए ।’

बेनी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको अभिलेख अनुसार नगरपालिकाभरी एक हजार ८ सय जना जेष्ठनागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन । जेष्ठ नागरिकसंग स्वास्थ्य कार्यक्रमबाट भने नगरपालिकाले साउन महिनामा १ हजार १ सय जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी पुगेका छन । नगरपालिकाका वडाहरु भौगोलिक रुपमा साना छन । नगरपालिकाका १० वडालाई ७२ वटा क्लस्टरमा बाँडेर स्वास्थ्यकर्मी परिचालन गरिएको श्वास्थ्य शाखाले जनाएको छ ।

‘कार्यक्रम परिकल्पनालाई कार्यान्वयन गरिएको पहिलो महिना भएकाले सिक्दै कार्यान्वयन गर्ने चरणमा छौं । पहिलो महिना घरदैलो गर्दा धेरै नसर्ने रोग लागेका तर स्वास्थ्य परिक्षण नहुँदा रोग लुकेको अवस्थामा भटियो । केहीले औषधी सेवनमा लापरवाही गर्ने गरेको भेटेका छौं’ बेनी नगरपालिका स्वास्थ्य शाखाका कार्यक्रम हेर्ने सिनियर अहेव डिल्लीराम आचार्यले भने, ‘सेडुल बनेको छ । पहिलो महिना दीर्घरोगीको पहिचान र स्वास्थ्य सेवाको प्रचार प्रशार भएको छ ।’

*कान्तिपुरमा समाचार छ।