FLASH NEWS
  • Loading...

मुस्ताङकाे लाेमन्थाङमा विश्व किर्तिमानी गल्फ प्रतियोगिता

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३१० पटक पढिएको
मुस्ताङकाे लाेमन्थाङमा विश्व किर्तिमानी गल्फ प्रतियोगिता

मुस्ताङमको लोमन्थाङ गाउँपालिकाको लोवाथाङ स्थित समुद्र सतहदेखी ४ हजार ६ सय ४५ मिटर उचाईमा पर्ने मुस्ताङ गल्फ कोर्समा शनिवार विश्व किर्तिमानी गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।
मुस्ताङ गल्फ कोर्सको आयोजनामा संसारको सर्वाधिक अग्लो स्थानमा गल्फ प्रतियोगिता विश्व रेकर्ड हो । मुस्ताङ गल्फ कोर्स बन्नु अघिसम्म भारतको सिक्किममा ३ हजार ९ सय ७० मिाटर उचाईको गल्फ कोर्सलाई अग्लो स्थानको गल्फ कोर्सको कीर्तिमान थियो ।
गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा विष्टको अगुवाईमा सासद विकास कोष, लोमन्थाङ गाउँपालिका र अन्य स्थानीय चन्दादाताको सहयोगमा लोवाथाङमा ९ होलको गल्फकोर्स बनेको हो । एक पटकमा चार जना (१ जना पनि मिल्ने) खेल्न मिल्ने टि ग्राउण्डमा गल्फरले आईरनसेटले गल्फ बललाई प्रत्यक टि ग्राउण्डमा हान्दै सवै ९ वटा होलमा ४ घन्टा लगाएर वल पुर्‍याउने गर्छन ।
‘संसारमा पहिलो पटक उपल्लो मुस्ताङको लोमन्थाङमा गल्फ खेल प्रतियोगिताको आजको किर्तिमानी खेल समाप्त भएको छ’ मुस्ताङ गल्फको अध्यक्ष इन्द्रधारा विष्टले भने, ‘४ जनाको ९ टिमका ३६ जना गल्फरहरुले एतिहाँसिक प्रतियोगितामा सहभागी छन । मुस्ताङको खेल प्रर्यटनमा यो ठूलो उपलब्धी हो ।’ *तस्वीर ः इन्द्रधारा विष्ट