FLASH NEWS
  • Loading...

ग्रुप फोटोबाट यसरी निकाल्नुहोस् हाई क्वालिटीको सिङ्गल फोटो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३३७ पटक पढिएको
ग्रुप फोटोबाट यसरी निकाल्नुहोस् हाई क्वालिटीको सिङ्गल फोटो

समूहमा खिचिएको फोटोबाट कुनै व्यक्तिको मात्रै फोटो बनाउनुपर्‍यो भने तपाईँ के गर्नुहुन्छ ? मिलेसम्म क्रप गर्नुहुन्छ होला ।तर क्रप गर्दा फोटोको गुणस्तर घट्छ नै, छेउछाउमा भएका मानिसहरूको काटिएको फोटो पनि सँगै देखिन्छ । यसबाट फोटो क्रप गरिएको भन्ने सबैलाई थाहा हुन्छ ।

 

फोटोशपमा पोख्त हुनुहुन्छ भने उही ब्याकग्राउन्डमा नयाँ फोटो तयार पार्न सकिन्छ । तर यस्तो फोटोको गुणस्तर कम हुने सम्भावना हुन्छ । साथै फोटो पनि सुन्दर नदेखिन सक्छ ।

आज हामी माथि उल्लेखित कमजोरीलाई सच्याउने दुई ओटा साइटको बारेमा चर्चा गर्दै छौँ । जसबाट क्रप गरेजस्ताे देखिँदैन र फाेटाेकाे क्वालिटी पनि राम्रै तयार हुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले ग्रुप फोटोबाट आफूमात्र भएको ठाउँ क्रप गर्नुहोस् । आफ्नो स्मार्टफोनको ग्यालरीमा रहेको फोटो एडिटको अप्सनबाट फोटो क्रप गर्न सकिन्छ ।

 

वा कम्प्युटर छ भने पनि विन्डोजको फोटोज एपबाट फोटो क्रप गरेर राख्न सकिन्छ । फोटो क्रप गरिसकेपछि तपाईंले उक्त फोटोमा भएका अनावश्यक वस्तु हटाउनुपर्ने हुन्छ ।

-त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-त्यहाँ आफूले अनावश्यक वस्तु हटाउन चाहेको फोटो अपलोड गर्नुहोस् ।

-त्यसपछि त्यहाँ आफूले मेटाउन चाहेको वस्तुमा पेन्ट गर्नुहोस् ।

-त्यसपछि तल इरेज भन्ने अप्सनमा ट्याप गर्‍यो भने पेन्ट गरेको वस्तु हराउँछ ।

-त्यसपछि उक्त फोटोलाई डाउनलोड गर्नुहोस् ।

-फोटो डाउनलोड गरिसकेपछि त्यसलाई आवश्यकता अनुसार उच्च गुणस्तरको बनाउन सकिन्छ ।

-त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-त्यसपछि पहिले डाउनलोड गरेको फोटो अपलोड गर्नुहोस् ।

-फोटो अपलोड भइसकेपछि रिस्टोर फोटोमा गएर त्यसलाई उच्च गुणस्तरको बनाउन सकिन्छ ।

*टेकपानामा प्रकाशित सामाग्री