FLASH NEWS
  • Loading...

४ जिपिए ल्याउने देशभरका ४३ जना विद्यार्थीमा म्याग्दीका उत्सव सापकोटा पनि

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५५ पटक पढिएको
४ जिपिए ल्याउने देशभरका ४३ जना विद्यार्थीमा म्याग्दीका उत्सव सापकोटा पनि

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीकाे लिटल गार्डेन एकेडेमीका छात्र उत्सव सापकाेटाले एसइइ परिक्षाफल पुनर्योग गर्दा ४ जिपिए ल्याएकाे विधालयले दावी गरेकाे छ । 

एसइइ नतिजामा चित्त नबुझेपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको आवेदन दिएकोमा उक्त पुनर्योगको नतिजामा सापकोटाको सर्वोत्कृष्ट ४ जिपिए कायम भएको हो । सापकोटाले सामाजिक विषयमा पुनर्योगका लागि आवेदन दिएको र विद्यार्थीले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगबाट भएपनि विद्यार्थीको मेहनतको फल प्राप्त भएको विद्यालयले बताएकाे छ ।

विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी बब्लु शाहले ३.९५ जिपिए ल्याउनुभएक थिए । सापकोटा पुनर्योग नतिजासंगै देशभरका ४ जिपिए ल्याउने ४३ जना विद्यार्थीहरुको सूचिमा परेकाे छन । आफ्नो विद्यालय लिटल गोर्डेनले यस बर्ष देशभरबाटै ४३ जना मात्रैले ४ जिपिए ल्याउने विद्यार्थीहरुको सूचिमा प्रिन्सिपल दिपक सुबेदीले बताए ।