FLASH NEWS
  • Loading...

हाँडेभीरमा बारम्बार पहिराे ः बेनी–बाग्लुङ यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४२ पटक पढिएको
हाँडेभीरमा बारम्बार पहिराे ः बेनी–बाग्लुङ यातायात अवरुद्ध

बेनी–बाग्लुङ सडक अन्र्तगत बेनी नगरपालिका, २ हाँडेभिरमा सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
सडक विस्तार गर्ने क्रममा डोजर लगाएर सडकको पहरा सहितको भित्ता ओढार पर्ने गरी काटिएकोले पहिरो खसेको हो । शुक्रवार करिव ५ बजे पहरा फुटेर सडकमा खसेको थियो । पहिरोको केही भाग तल म्याग्दी नदीमा समेत खसेको छ ।
त्यस्तै पहिरोले विधुतको एउटा पोल ढलाउँदा बेनी नगरपालिका, १ रत्नेचौर र २ ज्यामरुककोट क्षेत्रमा विधुत आपूर्ति पनि वन्द भएको छ । सो क्षेत्रमा टेलिफोन तथा केवुल टिभी र इन्टरनेटको पनि अवरुद्ध भएको छ । पहिरोले बेनी–बाग्लुङ सडकमा यातायात अवरुद्ध भएपछि प्रशासन कार्यालयले बेनीबाट पर्वतको मालढुङ्गाहुँदै वाग्लुङ जाने वैकल्पिक रुट प्रयोग गर्न सुझाएको छ ।


भाग्यवश हामीले समयमै बाटो अवरुद्ध गर्यौं। सडक अवरुद्ध भएको केही समयपछि पहिरो खसेको थियो । बेनि रत्नेचौर बाग्लुङ सडक कुनै ठुलो क्षति व्यहोर्नु परेन तर सडक भने पहिरो नरोकिने केही दिन भने बन्द रहने भयाे’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘शनिवारसम्म जोखिमयुक्त भाग खसेपछि सडक एकोहोरो पन्छ्याउने काम हुन्छ ।’
यस अघि वुधवार पनि सोही स्थानमा सानो पहिरो खस्दा दुई जना पैदल यात्री घाईते भएका थिए । उनीहरुको बेनी अस्पतालमा उपचार गरिएको थियो ।