FLASH NEWS
  • Loading...

कलिलै उमेरमा महिनावारी बढ्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७५ पटक पढिएको
कलिलै उमेरमा महिनावारी बढ्दै

कलिलै उमेरमा महिनावारी हुनेहरूको संख्या बढ्दै गएकाे छ । पहिला पहिला किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले वालिकै उमेरमा महिनावारी चक्र सुरु भएको छ । यो ठ्याक्कै त्यही उमेर हो, जतिबेला उनीहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे एकदमै अनभिज्ञ हुन्छन् ।

 
 
 

कलिलैमा महिनावारी

महिनावारी सुरु हुनुपर्ने खास उमेर ११ देखि १५ वर्ष हो । तर अहिले ८-९ वर्षमा पनि महिनावारी हुने बालिकाको संख्या बढेको छ । कलिलै उमेरमा महिनावारी हुनेहरूको संख्या किन बढिरहेको छ भनेर कुनै अध्ययन त भएको छैन । तर, केही अध्ययनलाई हेर्दा अहिलेको बालबालिकाको जीवनशैली परिवर्तन भएको छ ।

कति पीडादायी ?

पहिलो महिनावारी पीडादायी हुन्छ । अझै त्यो कलिलै उमेरमा भयो भने झन् धेरै पीडादायी हुन्छ । किनकि कलिलै उमेरमा महिनावारी हुँदा बालिकाहरू शारीरिक र मानसिक रूपमा परिपक्व भइसकेका हुँदैनन् ।

उनीहरुमा महिनावारी सम्बन्धी जानकारी पनि हुँदैन, जसले गर्दा ‘ला मलाई के भइरहेको छ’, ‘कुनै रोग पो लाग्यो’ कि भनेर डराउन सक्छन् । जसले गर्दा पनि पहिलो महिनावारी पीडादायी हुन्छ ।

भविष्यमा रोगको जोखिम

चाँडै उमेरमा महिनावारी हुनेहरूमा पछि गएर विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । कलिलै उमेरमा महिनावारी सुरु हुनेहरूमा पछि गएर पाठेघरको मुखको क्यान्सर, पाठेघरको अन्य समस्या, स्तन क्यान्सर र छिटो महिनावारी सुक्ने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

यौन तथा प्रजनन् अंगको विकास

कलिलै उमेरमा महिनावारी हुने बालिकाहरूको यौन तथा प्रजनन अ‌ंगहरु विकास भइसकेका हुन्छन् । उनीहरू शारीरिक रूपमा तयार भएपछि नै महिनावारी हुने हो । यदि कुनै बालिका ९ वर्षको उमेरमा नै महिनावारी भइन् भने उनको यौन तथा प्रजनन् अंगहरु पनि राम्ररी विकास भइसकेको हुन्छ ।

गर्भ रहने जोखिम

जब कुनै महिला महिनावारी हुन्छिन् भने उनको यौन तथा प्रजनन् अंगको पनि विकास भइसकेको हुन्छ । ८–९ वर्षको उमेरमै मासिकचक्र सुरु भएका बालिकामा पनि कुनै घटनावश सम्पर्क भएमा गर्भ रहने जोखिम हुन्छ । 

 

महिनावरीको कुन अवधिमा गर्भधारण ?

महिनावारी भएदेखिको १४ दिनलाई ‘ओभलीयसन’ भनिन्छ । त्यो बेला महिलाको अण्डकोषबाट अण्डाहरू निस्कन्छ । त्यसैले त्यो अवधिमा शारीरिक सम्पर्क गर्दा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ ।

महिनावारी चक्र

महिनावारी चक्र २८ दिनमा हुनुपर्ने हो । महिनावारी साधारणतया ४ देखि ७ दिनसम्म रहन्छ । यदि २ देखि ७ दिनसम्म रक्तस्राव भयो भने त्यो सामान्य हो । तर एक दिन मात्र रक्तस्राव भयो वा ७ दिन भन्दा पछि पनि लगातार रक्तस्राव भयो भने यो समस्या बन्छ ।

महिनावारी गडबडी

महिनावारीमा अहिले एकदमै धेरै देखिने समस्यामा महिनावारी गडबडी र पाठेघरमा मसिनो पानीको फोका देखा पर्ने हो । यस्तो समस्या देखिनुको मुख्य कारण थाइराइड डिसअर्डर हो । जीवनशैली परिवर्तन, अस्वस्थकर खानपान, तनाव, मोटोपन आदिले पनि महिनावारीमा समस्या देखा पर्छ ।

यसबाट कसरी छुटकारा पाउने ?

महिनावारी गडबडीको समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिले त जीवनशैली परिवर्तन गर्नुपर्छ । बाहिरको जंकफुड र प्याकेट फुडको सेवनले मोटोपनको समस्या बढेको छ । मोटोपनकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसैले खानपानमा एकदमै ध्यान दिनुपर्छ, सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ जसले गर्दा मोटोपनाको समस्या देखिंदैन र महिनावारी गडबडीको समस्या पनि कम भएर जान्छ ।

किन कसैको महिनावारी पीडादायी ?

जसको पाठेघरको मांसपेशीहरू बाक्लो हुन्छ, त्यस्ता महिलाहरूलाई महिनावारीमा एकदमै पिडा हुन्छ । तर कसैलाई भने महिनावारीको बेलामा अलिकति पनि पीडा नहुने हुन्छ । सबैलाई एकै प्रकारको पीडा भने हुँदैन ।

यस्तो पीडाबाट छुटकारा पाउन हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा पानी पिउने र हट वाटर ब्यागले पेट सेक्ने गर्न सकिन्छ । तर पीडा अत्यधिक छ भने सहेर बस्नु हुँदैन, अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । *अनलाइन खवरबाट