FLASH NEWS
  • Loading...

दानाकाे लाटाखाेलामा सडक खुल्न समय लाग्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७६ पटक पढिएको
दानाकाे लाटाखाेलामा सडक खुल्न समय लाग्ने

संसारको सर्वाधिक गहिरो अन्ध गल्छिमा अवस्थित अन्नपूर्ण गाउँपालिका, ३ दानामा पर्ने जलथलेदेखी मुस्ताङ सीमावर्ती काप्रेभीरसम्म आधा दर्जन पहिरो खसेकोले बेनी–जोमसोम सडकमा यातायात पूर्ण वन्द भएको छ । 
आईतवार साँझदेखी रातीसम्म परेको भारी वर्षापछि केही स्थानमा सडक भासिएको र केही स्थानमा सडकको भित्ताबाट पहिरो खसेर सडक अवरुद्ध बनाएको हो । इलाका प्रहरी कार्यालय दानाका सहायक हवल्दार विजय पाैडेलका अनुसार सोमबार विहानदेखी डोजरले पहिरो पन्छ्याउन सुरू गरेकाेमा दानाकाे लाटाखाेलामा माथीबाट झरेकाे पहिराे पन्छ्याएर सडक खोल्न केही दिन लाग्ने देखिएको छ । पाैडेलका अनुसार सडकमा खसेका ठूला ढुङ्गा फाेर्न विष्फाेटन गर्नु पर्ने जस्ताे देखिएकाे छ ।
पहिरोले पैदल बाटो समेत अवरुद्ध भएकोले यात्रुले नागढुङ्गाबाट पारी नारच्याङ तरेर कालीगण्डकीको पूर्वी किनारै किनार वैकल्पिक पदमार्ग प्रयोग गर्नु पर्ने भएको छ । वैकल्पिक वाटो पनि हिंड्नलाई सहज बनाईएको भएपनि केही घुमाउरो भएकोले यात्रा समय एक–दुई घन्टासम्म फरक पर्ने छ ।
यातायात अवरुद्ध भएपछि मुस्ताङबाट आलु, स्याउ बोकेर झरेका र तल बेनीहुँदै खाद्यान्न समेत निर्माण सामाग्री बोकेर आएका सयौं सवारी साधन वारीपारी रोकिएका छन । *तस्वीर ः इन्द्रसिं शेरचन