FLASH NEWS
  • Loading...

बेनीमा सहकारी वैंकको अन्तरक्रिया

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२० पटक पढिएको
बेनीमा सहकारी वैंकको अन्तरक्रिया

राष्ट्रिय सहकारी वंैक बाग्लुङ शाखाको आयोजनामा आईतवार बेनीमा ‘बैंकको सेवा र समसामायीक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बैंकका केन्द्रीय संञ्चालक समितिका अध्यक्ष केपी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहरकाीहरुले बर्तामान अवस्थामा भोगेका वचत तथा ऋण प्रवाह तथा असुलीमा भोग्नु परेका समस्याहरु, वचत तथा ऋण सहकारीहरु विरुद्ध सामाजिक संञ्जालमा फैलाईएका भ्रामक सूचनाहरु र बढ्दो आर्थिक मन्दीका वेला सहकारीहरुले अपनाउनु पर्ने रणनिती तथा योजनाहरुका बारेमा छलफल भएको थियो ।


कार्यक्रममा जिल्लाका जिल्ला सहकारी संघ आवद्ध र आवद्ध नभएका समेत ४५ वटा वचत तथा ऋण सहकारीको सकृय सहभागिता रहेको थियो । वचत तथा ऋण सहकारीमा जम्मा भएको निक्षेप बैंकहरुमै जम्मा गर्ने गरिएको भएपनि बाणिज्य तथा विकास वैंकहरु सहकारीहरु ध्वस्त पार्न नियोजित रुपमा लागेको प्रमुख अतिथी रहेका उप्रेतीले आरोप लगाए ।
त्यसैविच सहकारीहरुले आफ्नो कारोवार सहकारी बैंकमै गर्नु पर्ने महसुस गर्दै जिल्लामा पनि राष्ट्रिय सहकारी वंैक शाखा संञ्चालन गर्न वेनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीकाे संयोजकत्वमा ११ सदस्यीय संञ्चालक समिति र जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीकाे अध्यक्षतामा ५ सदस्यीय सल्लाहकारी समिति गठन भएको बैंकका गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले बताए ।
सहकारी वैंक हुँदाहुँदै पनि जिल्लामा त्यसको शाखा नहुँदा बाग्लुङ पुग्नु पर्दा रकम भुक्तानीमा ढिला हुने समेतको झन्झट भोग्नु परेकोले जिल्लामै राष्ट्रिय सहकारी वंैकको शाखा महसुस गरिएको हो ।