FLASH NEWS
  • Loading...

आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिन सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२९ पटक पढिएको
आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिन सुरू

आजबाट जिल्लाका ५ वर्ष पूरा भएका र १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा  दिन सुरू गरिएकाे छ ।

स्वास्थ्य कार्यालयका अनुसार पहिलाे चरण अन्तर्गत भदाै ५ गतेबाट बेनी नगरपालिका र मंगला गाउँपालिकामा कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरू गरिएकाे हो । जिल्लाका धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा भने भदाै ८ गतेबाट ५ वर्ष पूरा भएका र १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा  दिने कार्यतालिका छ ।

स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीका करिव एक सय ५० खाेप केन्द्रमा १४ हजार लक्षित बालबालिकालाइ खाेप लगाइने छ । 

खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।