FLASH NEWS
  • Loading...

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९१ पटक पढिएको
नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले सवैभन्दा ठुलो शक्ति आत्म विश्वास भएकाेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीको शक्ति, संगठन र विचारलाई विश्वास गरि जनता सामु जान नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी निर्वाचनको तयारी, र जिल्ला कमिटी उपाध्यक्ष तथा स्कल विभाग प्रमुख बालकृष्ण सुवेदीले पार्टी र स्थानीय तहका जनप्रतिनिधि विचको सम्वन्धको बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुम बहादुर बानियाँ, जिल्ला कमिटी सचिव तथा बेनी नगरपालिका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुनले मन्तव्य राखे ।