FLASH NEWS
  • Loading...

‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ आयोजककै पाेल्टामा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६७ पटक पढिएको
‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ आयोजककै पाेल्टामा

 ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवकै पाेल्लेटामा पारेकाे छ ।
सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सो उपाधी जितेको हो ।

उपाधी विजेता एभग्रीनले नगद ८५ हजार ५५५ रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी, दोस्रो हुने मालिका युवा क्लवले नगद ४५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा विजेता र उपविजेतलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग ( दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफी सहितको पुरस्कार वितरण गरे ।

प्रतियोगितामा आयोजक एभरग्रीनका कमल थापा उतकृष्ट खेलाडी, आशिष गुरुङ उत्कृष्ट डिफेन्डर, सन्दिप शेरपुञ्जा उत्कृष्ट प्रशिक्षक, निशान राम्जाली उत्कृष्ट गोलरक्षक, मनिष श्रेष्ठ धेरै गोल गर्ने खेलाडी र मालिका युवा क्लवका राहुल थापा वेष्ट मिल्डफिल्डर घोषित भए ।