FLASH NEWS
  • Loading...

शक्तिपीठमा वली चढाउने प्रथा, भेडाको ब्यापार अवसर

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ३४ पटक पढिएको
शक्तिपीठमा वली चढाउने प्रथा, भेडाको ब्यापार अवसर

खयरवराही समेतका शक्तिपीठमा ‘वली चढाउने’ धार्मिक मेलाहरु हिमाली बुक्यानमा परम्परागत फिरन्ते शेलीमा पालिने भेडा/बोका ब्यापार गर्ने गतिलो अवसर भएका छन ।

यस वर्ष अन्नपुर्ण हिमालको पश्चिम फेदमा अवस्थित म्याग्दीको खयरवराही मन्दीरमा ‘वली चढाउने’ धार्मिक मेलामा मात्र ७० लाखबढीको भेडा/बोकाको ब्यापार भएको भेडापालकहरुले बताए ।

शक्तिपीठमा ‘भाकल’ गरी ‘वर’ मागेमा इच्छाएको पुग्ने र भाकल पुरा भए पुन: आफै वा नाममा आफन्तले भाकल अनुसार भेडाको वली दिने चलन छ । हालै म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ खयरवराही मन्दीरमा जनैपूर्णिमा लागेको धार्मिक मेलामा मात्र ६० लाखबढीको खसीबोकाको ब्यापार भएको छ । त्यस बाहेक भूमेपुजा, कुलपुजामा पनि स्थानियले गोठबाटै खोसाखोस गर्छन । भेडा पाल्न गर्न सके बिक्रिको समस्या छैन ।

‘यस पटक यहाँका मात्र गोठका भेडाबाख्राले नपुगेर मुस्ताङ र कास्कीको घान्द्रुकबाट समेत भेडा ल्याउनु पर्‍यो’ खोप्राका ७३ बर्षिय भेडा पालक कृषक लालवीर तिलिजाले भने, ‘बर्षभरी झरीवादल, हिउँ र सवै दु:खकष्ट सिरानी हालेर सुत्छौं । आज एक दिन पैसा सिरानी हाल्ने र दु:ख विर्सने अवसर पनि हो ।’

गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । एक सिजनमा एक गोठले २–३ लाखदेखी ९–१० लाख मुल्य बराबरको भेडा, बोकाको विक्री गर्छन । यहाँको हिमाली क्षेत्रका चरन क्षेत्रमा फिरन्ते शैलीमा पालिने भेडाबाख्राकालागी बजार पुर्‍याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन ।

‘भेडा पालनमा राम्रो आम्दानीको संभावना छ । दु:ख त सवै काममा हुन्छ । अरव गएपनि रुखमा पैसा फल्ने हैन । पैसा यहींका डाँडापाखामा छ, टिप्ने सकिन्छ भन्ने विश्वास छ’ अन्नपूर्ण गाउँपालिका, ५ को नौलोवनमा भेटिएका २१ बर्षिय भेडा गोठाला प्रकाश पुनले भने, ‘१२ कक्षा पास भएपछि परिवार र आफन्त सवैले विदेश जा भन्थे तर म भेडा गोठाला बनें । ६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको छु ।’

यसरी पुजा लाग्ने समय अनुसार भेडागोठपनि पायक पर्ने चरन क्षेत्रमा सार्ने चलन हुन्छ । बराहपुजा साउन महिनाको जनैपूर्णिमामा लाग्छ । मगरसमुदायले सवैभन्दा बढी मान्ने भूमेपुजा बैशाखमा लाग्ने गर्छ । सवै क्षत्री तथा मगर दुवै समुदायले आ–आफ्नो कुल पुजामा भेडाको साँड (भेडाको खसी नबनाएको बोका)ले वली दिने प्रचलन छ । 

 

म्याग्दीमा एक सय ९३ जना कृषकले परम्परागत फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १६ हजारबढी रैथाने भेडा पाल्दै आएका छन । अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, नारच्याङ, दाना, दोवा रघुगंगा गापाको बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले, मल्कवाङ्ग, र धवलागिरी गापाको मुदी, मुना, लुलाङ्ग र गुर्जा वस्ती भेडापालन पकेट क्षेत्र हुन । फिरन्ते भेडालाई चितुवा, बाघ, भालु जस्ता बन्यजन्तुको आक्रमण बढेको गोठालाको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित