FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाले दियाे रुम पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९९ पटक पढिएको
मालिका गाउँपालिकाले दियाे रुम पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च

म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ । 

पालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतले रकम हस्तान्तरण गरेका थिए ।

गत साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिक,उनकी श्रीमति राममाया, छोरी रोजी, छोरा राजन र नविनगरी परिवारका सवै पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर गाउँपालिकाले अाफन्तलाइ किरियाखर्च वापत एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

दिवंगतको सम्झनामा आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक विदा दिइएको थियो । गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त लगायतले पहिरोले क्षति पु¥याएको र जोखिम बनाएको ठाउँको अनुगमन गरी स्थानीयलाइ सतर्क रहन सुझाएका छन।