FLASH NEWS
  • Loading...

मनोकाँक्षा पुर्‍याउने देवी –खयरवराही

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४२६ पटक पढिएको
मनोकाँक्षा पुर्‍याउने देवी –खयरवराही

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार गाउँको सिरानमा अन्नपूर्ण प्रथम र साउथ हिमालको पश्चिम फेदीमा समुद्रसतहदेखी ४ हजार ७ सय ७० मिटर उचाईमा अवस्थित खयरबराह तालमा जनै पूर्णीमाका दिन खयरवाराही देवीको मन्दीरमा पुजाअर्चना र ‘वर’ मागेमा मनले इच्छाएको पुरा हुने गहिरो जनविश्वास छ ।

खयरवराहमा मागेको वर पुगेपछि भक्तालुजनले भेडाको साँढको वली दिने गरिन्छ । सन्तानको वर मागेका भक्तजनले सन्तानको प्राप्ती पछि मन्दीरमा देखाउन लैजाने चलन छ । मगर जातीको ‘कुमार केटो’ पुजारी हुने यस मन्दीरमा मेलामा विभिन्न ठाउँबाट भक्तालुहरु मनको इच्छा ‘वर’ माग्न र मनोकांक्षा पुरा भएकाहरु ‘भाकल’ अनुसारको पुजा गर्न खयरवर पुग्छन ।


खोप्रा–खयरवराह पर्यापदमार्ग प्राकृतिक सौन्दर्यमा रमाउन चाहने साहसीक पर्यटकमा पनि उत्तिकै उपयुक्त छ । यो पदमार्ग टि हाउस र क्याप्प ट्रेकको मिश्रण हो । खोप्रा पर्यापदमार्गमा आएका साहसी पर्यटकहरु कालीदह, खयरवराह तालहुँदै बराहहिमालको फेदीबाट निलगिरी हिमाल पारगरी मनाङ्गको तिलिचो ताल पनि पुग्ने गर्छन ।