FLASH NEWS
  • Loading...

माघ पहिलो साता म्याग्दी महोत्सव हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३७ पटक पढिएको
माघ पहिलो साता म्याग्दी महोत्सव हुने

कोरोना कहरले थलिएको पर्यटन, ब्यवसाय तथा सर्वसाधारणमा बढेको मानसिक तनाव कम गर्न आउँदो माघ पहिलो साता म्याग्दी महोत्सव आयोजना गरिने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आन्तरिक प्रर्यटन बढाउने तथा मनोरन्जनको माध्यमबाट कोरोनाले थपेको मानसिक तनाव न्यूनिकरण गर्ने लक्ष्य सहित आगामी पुस २९ देखी माघ ९ गतेसम्म सदरमुकाम बेनीमा म्याग्दी महोत्सव गर्न लागेको हो । संघको शुक्रवार वसेको वैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
‘कोरोना कहर र त्यसपछि देखिएको आर्थिक मन्दीले मान्छेहरु मन खोलेर हाँस्न पनि सकेका छैनन । तनावपूर्ण जीवनमा महोत्सव मार्फत मनोरञ्जन दिलाउने र ब्यापार ब्यवसायलाई पनि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’ वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘महोत्सवले साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग ब्यवसाय, शिक्षा, कलासंस्कृति र पर्यटनमा भित्राउन र पर्वद्धन गर्न योगदान पनि पुर्‍याउँछ ।’
उपाध्यक्ष शाक्यले भने, ‘सवैलाई मानसिक रुपमा तयारी गर्न ६ महिना अघि नै महोत्सवको मिती तय गरेका हौं । महोत्सव केन्द्रीत भै कार्यक्रम तय गर्न सजिलो हुने छ ।’