FLASH NEWS
  • Loading...

संलग्नताको नीति पक्षपाती सुवेदी बने प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३६ पटक पढिएको
संलग्नताको नीति पक्षपाती सुवेदी बने प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन् । देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई सल्लाहकार छनोट गरेका हुन् ।

राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले ‘युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा’ गर्ने प्रस्तावको पक्षमा मतदान गरेको थियो । चीन विराेधी अभियानमा अमेरिकि धारकाे नेपाली वकालत गर्दै अाउका सुवेदी प्रम देउकाका सल्लाहकार बनेका हुन । यसलाई लिएर विपक्षी मात्र होइन, सत्तारुढ दलहरुले नै असन्तुष्टि जनाएका थिए । प्रमुख प्रतिपक्षी एमालेले सरकारमाथि असंलग्न परराष्ट्र नीतिबाट विमुख भएको आरोप लगाएको छ । 

रुस-युक्रेन युद्धमा युक्रेनको पक्षमा गरेको मतदानमा निरन्तर प्रश्न उठेपनि मौन बसेका देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई छनोट गर्नु अर्थपूर्ण मानिएको छ ।

देउवाको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई, गेजा शर्मा वाग्ले लगायतको चर्चा थियो ।तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ ।

भारतीय संस्थापन समूहसँग राम्रो सम्बन्ध भएका उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा खुलेर देउवाको बचाउ गरेका थिए ।

‘गणेशमानजीले त कांग्रेस कुनै जमानामा त्याग्नुभएको थियो भने मैले त्याग्नु कुन नयाँ कुरा भयो र ?,’ सुवेदी भन्छन्, कांग्रेससँगको आवद्धता त्यागेको हो, तर म डेमोक्र्याट हुँ ।’

सुवेदीले विभिन्न जलविद्युत आयोजना, घरजग्गा कारोबार, पोखरा–मुक्तिनाथ केबलकार लगायतका परियोजनामा लगानी गरेका छन् ।