FLASH NEWS
  • Loading...

चिनियाँको अपहरणमा न्यायाधीशका पीएसओको संलग्नता

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९० पटक पढिएको
चिनियाँको अपहरणमा न्यायाधीशका पीएसओको संलग्नता

चिनियाँ नागरिकलाई अपहरण गर्न प्रहरी र प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रण्मा लिएका मध्ये दुई जना प्रहरी र एउटा प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ । पक्राउ परेका ६ जना मध्ये दुई जना प्रहरीसमेत रहेको खुलेको छ भने एक जना न्यायाधीशका पिएसओ (पर्सनल सेक्युरेटी अफिसर)र अर्का एक बालाजु वृत्तका घुमुवा प्रहरी रहेको छन् ।

न्यायाधीशका पिएसओमा ३७ वर्षीय कर्णबहादुर गुरुङ हुन् भने अर्का घुमुवा प्रहरी भने शिव सुनार भने अन्य चार जना रहेका छन् । चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी छन् । उनीहरुले बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेका थिए ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँ नागरिकको उद्धार गरिएको थियो । अपहरणमा परेका चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटिएको प्रहरीले दाबी गरेको छ ।