FLASH NEWS
  • Loading...

रूम पहिराेमा वेपत्ता सवैकाे शव फेला, मृतककाे संख्या ५ पुग्याे

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०२ पटक पढिएको
रूम पहिराेमा वेपत्ता सवैकाे शव फेला, मृतककाे संख्या ५ पुग्याे

म्याग्दीका मालिका गाउँपालिका, २ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रहरीका अनुसार मंगलवार विहान अन्दाजी ६.३० बजे खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ बर्षिय नविन र १४ बर्षका राजन विकको घट्नास्थलमा मृत्यु भएको हो ।
पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ बर्षिय घामबहादुर, उनीकी ३२ बर्षिय श्रीमती राममायाँ र ८ बर्षिया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलवार दिउँसो १२ बजे झिकेका हुन ।
पहिरोमा परी घाईते भएका ६२ बर्षिय गोठे विक र उनीकी ६७ बर्षिया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराव मौषमको कारण घाईतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको हो ।