FLASH NEWS
  • Loading...

सडकमा जतासुकै पहिरो, यात्रुलाइ सास्ती

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७३ पटक पढिएको
सडकमा जतासुकै पहिरो, यात्रुलाइ सास्ती

पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ–मुना सडक समेत जिल्लाका सवै ग्रामिण सडकमा पहिराेले यातायात अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडक अन्र्तगत रघुगंगा गाउँपालिका, १ वेगखोलामा आएको बाढीले यातायात अवरुद्ध हुँदा गन्तब्यमा हिंडेका यात्रु विच वाटोमै अलपत्र परेपछि रुझ्दै भिज्दै पैदल गन्तब्य तर्फ लागेका छन । मोटरसाईकल समेत साना सवारी साधनमा गन्तब्य तर्फ हिंडेका यात्रु बेगखोलामा सवारी साधन तार्न नसकेपछि यात्रा त्यागेर फर्केका छन ।
‘बेगखोला तर्न नसक्ने अवस्था भएकोले यात्रा त्यागेर स्कुल नै फर्केको छु’ ज्ञान प्रकाश माध्यामिक विद्यालयका प्रध्यानअध्यापक शान्त नेपालीले भने, ‘वेगखोला म्याग्दीका उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका, मुस्ताङ जिल्लावासी र त्यस क्षेत्रमा आउने पर्यटककालागी वर्षेनी समस्या भएको छ ।’
त्यसैगरी बेनी–जोमसोम सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिं शेरचनका बेनी–जोमसोम सडक अन्र्तगत अन्नपूर्ण गापा, २ तातोपानीको भीर, ३ नम्बर वडामा पर्ने दानाको गुईठे र काप्रेभीरमा ठूला पहिरो झरेकोले यातायात पूर्ण रुपमा विच्छेद भएको छ । वर्षा नरोकिएकोले तत्काल बेनी–जोमसोम सडक संञ्चालनमा हुने अवस्था छैन । मुस्ताङका सांसद प्रेम तुलाचनका अनुसार पहिराे पन्छ्याउन र सडक सुचारू गर्न कम्तीमा एक साता लाग्न सक्ने सामाजिक सञ्जाल मार्फत बताएका छन ।

त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ बाङ्गेपहिरो र मंगला गापा, २ सिमीमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
मंगला गापा, २ का वडाध्यक्ष राजु पाण्डेका अनुसार लगातारको वर्षापछि मंगला गाउँपालिका, २ सहश्रधारा स्थित दुखुखोलामा आएको बाढीले कटान गर्दा त्यहाँ रहेको मोटरपुल जोखिममा परेको छ । बाढीले तटवन्ध भत्काएको र दुखुखोला–रणवाङ सिंचाईको पाईप बगाएको छ ।
‘लगातारको बर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले भने, ‘बेनी–बाग्लुङ सडकबाहेक ग्रामिण भेगका सवै सडकमा पहिरोले धेरै स–साना अवरोध छन । विहान ७ बजेसम्म कतै ठूला वाढीपहिरो र विपतको खवर छैन ।’ *तस्वीर ः सामाजिक सञ्जालबाट ।