FLASH NEWS
  • Loading...

मनसुन थप सक्रिय हुँदै, भारी वर्षा हुन सक्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८३ पटक पढिएको
मनसुन थप सक्रिय हुँदै, भारी वर्षा हुन सक्ने

सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित मनसुनको न्यून चापीय रेखा उत्तर तर्फ सर्नेक्रममा छ । मनसुन अागामी साेमबारसम्म थप सक्रिय हुने देखिएकाेले मध्यमदेखी भारी वर्षाकाे संभावना छ । 

नेपाल तथा भारतका माैषमविदहरूले गरेकाे माैषम सक्रियता सम्बन्धी प्रक्षेपण अनुसार वुधवार / विहवारदेखी थप सक्रिय हुने र शुक्रवार र शनिवार बढी सक्रिय बन्ने देखिएकाे छ । साेमबारसम्मै मनसुन अहिले भन्दा बढी सक्रिय हुने देखिन्छ ।

मनसुन थप सक्रियहुँदा देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानहरुका साथै  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै  सुदुर पशचिम, कर्णाली लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।