FLASH NEWS
  • Loading...

फेरी बढ्न थाल्याे कोरोना संक्रमण, चौबिस घण्टामा ५६४ संक्रमित थपिए

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३७ पटक पढिएको
फेरी बढ्न थाल्याे कोरोना संक्रमण, चौबिस घण्टामा ५६४ संक्रमित थपिए

पछिल्लो चौबिस घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २०२ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ४५४ नमुना परीक्षण गर्दा ५६४ जना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ हजार ७९४ जना र संस्थागत आइसोलेसनमा १३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३२ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् । भने आज थप १ जनाको मृत्यु भएको छ ।